वीरगंज | वीरगंजमा नेपाल भारत मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा भारतीय महावाणिज्य दूतावासको टिमले पर्साको संयुक्त टिमलाई दुइ विकेटले हराएको छ । १२ ओभरको खेलमा पर्साको संयुक्त टिमले ७२ रहको लक्ष्य दिएकोमा दूतावासको टिमले ११ ओभरमा निर्धारित लक्ष्य पुरा गरी २ विकेटले जित प्राप्त गरेको छ ।
प्रतियोगितामा एम्बेसीको तर्फबाट भारतीय वाणिज्यदूत नितेश कुमार र शैलेन्द्र सिंहको नेतृत्वको टिम रहेको थियो भने संयुक्त पर्सा टिमको नेतृत्व पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, वीरगंज भन्सारका प्रमुख भन्सार प्रशासक अरुण पोखरेल र प्रहरी उपरीक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेज प्रकाश पोखरेलले गरेको थिए ।
पर्साको संयुक्त टिममा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय पर्सा, सशस्त्र प्रहरी कार्यालय नेपाल १३ नम्बर गण वीरगन्ज , मधेस प्रदेश विपद् व्यवस्थापन गुल्म वीरगंज, भन्सार कार्यालय पर्सा, ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगरको सहभागिता रहेको थियो भने मैत्री पूर्ण खेलमा अर्को तर्फ भारतीय महावाणिज्य दूतावास वीरगंजको टिम रहेको थियो । मैत्री पूर्ण खेल मधेस प्रदेश विपद् व्यवस्थापन गुल्म वीरगंजको खेल मैदानमा भएको थियो भने ग्रिन सिटी सामुदायिक केन्द्र आदर्श नगरका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिए ।