वीरगञ्ज २१ माघ । वीरगञ्ज महानगरपालिका वडा नं २८ मा रहेको श्री महानन्द उपाध्याय उच्च मा.वि.मा सरकारबाट प्राप्त छात्र वृती विहीबार वितरण गरीएको छ ।
छात्रवृती कार्यक्रमको प्रमुख अतिथी लोसपा पर्साका बरिष्ठ नेता तथा अधिवक्ता सुरेन्द्र कुर्मीले श्री गोकुल कुर्मी स्मृती प्रष्ठिान द्धारा प्रत्येक वर्ष एस.ई.ई परिक्षमा टपहुने यस विद्यालयका ३ जनालाई जनही सात सात हजारको दरले २१ हजारको दरले छात्रवृती दिने घोषण गरेका छन ।
कर्यक्रमलाई सम्बोधन गर्दै समुदायीक विद्यालयमा गरीब निमुखा बच्चा पढन आउदा विनाश्रोत साधनले पनि निजी विद्यालय संग प्रतिष्पर्दा गरी निजी राम्रो अंक ल्याउने गरेको हुदा सामुदायीक विद्यालयका शिक्षक गरीब निमुखा बच्चाको लागी भगवानकै अवतार रहेको बताउनु भयो ।
विद्यालय व्यवस्थापक समितीका अध्यक्ष राजेश प्रसाद तेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्र.अ. अरबिन्दलाल कर्ण अ.ने.रा.स्व.वि.यू का अध्यक्ष कविराव पटेल, व्यवस्थापक समितीका सदस्य अर्जन ठाकुर लगायत स्थानिय र स्कुल शिक्षक शिक्षीकहरुको सहभागीता रहेको थियो ।