वीरगन्ज । कोभिड-१९को बेलामा सुरक्षित भई व्यापार-व्यवसाय गरौं कोमिड-१९ महामारीको तेस्रो लहर बढेसँगै व्यापार व्यवसाय सञ्चालनमा पनि निकै सावधानी अपनाउनु जरुरी भएको छ। कोभिड-१९ भाइरसको संक्रमणबाट आफू जोगिन र अरुलाई जोगाउन आफ्नो व्यवसाय चलाउँदा यी उपायहरु अपनाउन भने हामीले छाड्न हुँदैन।
कोभिड-१९ महामारीको बेला सुरक्षाका सबै उपाय अपनाई व्यापार गर्नुपर्छ। कोरोजा संक्रमणबाट बच्नका लागि जनस्वास्थ्यका सबै मापदण्डको पालना गर्न आवश्यक छ। मास्क लगाउनुपर्छ, भौतिक दूरी कायम गरौं। बेलाबेलामा साबुनपानीले हात धोयो भने संक्रमबाट जोगिन सकिन्छ।
ब्यापार गर्दा कस्ता सावधानी अपनाउने?
–कुनै सतह छोएपछि वा पैसाको लेनदेन गरेपछि स्यानिटाइजरको प्रयोग गर्ने वा साबुनपानीले हात सफा गर्ने
–भीडभाड हुन नदिन भुइँमा रंगीन टेप, पेन्ट वा चकले गोलो घेरा वा संकेतहरु बनाउने
–हातले धेरै छोड़ने सतहहरु र उपकरणहरु दैनिक निसंक्रमण गर्ने
–हावा ओहोरदोहोर हुन दिन आफ्नो पसल, रेस्टुरेन्ट वा कार्यस्थलको ढोका, इयाल र भेन्टिलेटर खुल्लै राख्ने
–मानिस–मानिस बीचको सम्पर्क कम गर्न सम्भव भएसम्म अनलाईन भुक्तानी र होम डेलिभरीलाई प्राथमिकता दिने
सबैको सामूहिक प्रयासले नै यो महामारीसँग लड्न सम्भव छ । त्यसैले कोरोना संक्रमणबाट बच्नका लागि जनस्वास्थ्यका सबै मापदण्डको पालना गर्न आवश्यक छ ।
स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय