• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ सरकार विस्तार अनिश्चित, महतोको मन्त्री बन्ने सपना पुरा होला ?

  • वीरगंज संजाल
  • ११ कार्तिक २०७८, बिहीबार १२:४२
  • २२२९

    वीरगन्ज | मन्त्रालय विभाजनको टुंगो नलाग्दा प्रदेश सरकार विस्तार अन्योलमा परेको छ । मन्त्रालय विभाजन गरी नेकपा एकीकृत समाजवादीलाई पनि लालबाबु राउत नेतृत्वको सरकारमा सहभागी गराउने तयारी छ । तर, मन्त्रालयको टुंगो नलाग्दा औपचारिक छलफल समेत हुन सकेको छैन् । मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एसलाई सरकारमा ल्याउन ६ मन्त्रालयलाई टुक्रयाएर १० पुर्याएको थियो । आकर्षक मन्त्रालयहरु कांग्रेस र माओवादीले लिइसकेको बाँकी रहेको २ मन्त्रालय लिन नेकपा (एस) इच्छुक देखिएको छैन् । जसपाको भागमा रहेको महत्वपूर्ण मन्त्रालयमा नेकपा एसले दावी गर्दा सरकार विस्तार लम्बिएको हो । मुख्यमन्त्री राउतले कानुन, न्याय तथा प्रदेशसभा र वाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् । यी दुई मन्त्रालय लिएर नेकपा (एस) सरकारमा सहभागी हुन चाहेको छैन् ।

    मुख्यमन्त्री राउतलाई विश्वासको मत दिएका नेकपा एस प्रदेश सभामा विपक्षीको लबिमा बसेका थिए । सरकारमा सहभागी हुने अनौपचारिक छलफल भएपनि पार्टीको गतिविधिमा व्यस्त हुँदा त्यसलाई मूर्तरुप दिन नसकिएको नेकपा (एस) संसदीय दलका नेता शत्रुधन महतोले बताए । नेकपा एसले २ मन्त्रालय लिएर सरकारमा जाने छ- नेता महतोले भने, ‘मन्त्रालय टुंगो लगाएपछि मात्रै सरकारमा जाने बारे औपचारिक छलफल हुन बाँकी छ ।’ नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र जसपाका नेताहरु बिच सरकार विस्तार बारे छलफल भइसकेको उनले बताए । प्रदेशसभामा नेकपा एसका १३ जना सांसद छन् । नेकपा एसबाट संसदीय दलका नेता महतोसहित एक जना महिला सांसदलाई मन्त्री बनाउने तयारी छ । सर्लाही जिल्लाबाट तत्कालीन एमालेबाट निर्वाचित बेची लुंगेलीको नाम चर्चामा रहेको पार्टी श्रोतले जनाए । नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एस, जनता समाजवादी पार्टी नेपालले प्रदेशमा पनि गठबन्धनलाई निरन्तरता दिएको छ ।

    गठबन्धनलाई सरकारमा सहभागी गराउन मन्त्रालय थपिदा प्रदेशमा आर्थिक व्यय भार समेत थपिएको छ । मुख्यमन्त्री राउतले नेकपा एसलाई सरकारमा ल्याउन समाजिक विकास मन्त्रालयलाई विभाजन गर्ने गृहकार्य थालेका छन् । तर, मन्त्री पद जोगाउन खेमा परिवर्तन गरेर आएका नवल किशोर साह रुष्ट हुने सम्भावना बढेको छ । प्रदेश २ मा ३८ सांसद रहेको जसपाले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय, १९ सांसद रहेको नेपाली काँग्रेस ३ र ८ सांसद रहेको माओवादी केन्द्रले एक मन्त्रालयको जिम्मेवारी सम्हालेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी
  • मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा
  • मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने
  • सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    पर्साको जमुनिया खोलाबाट अवैध गिट्टी–बालुवा उत्खनन्, दुई ट्याक्टर नियन्त्रणमा

    तेस्रो मुलुकतर्फ नेपाली छुर्पीको निर्यात उत्साहजनक, ८८ करोड बराबरको निकासी

    वीरगंजको खानेपानी समस्या समाधान गर्न महत्वपूर्ण छलफल सम्पन्न, ६ आयोजना तुरुन्त सुरु हुने

    अमेरिकामा प्रहरीले रिपोर्टिङ गरिरहेकी पत्रकारलाई सार्वजनिक स्थानमा गोली हाने, भिडियो सार्वजनिक

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    News

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    News

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    News

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    News

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑