• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतले नेपाललाई भुटानी ढाँचामा लैजान निरन्तर प्रयास गरिरहेको छ : रमेश खरेल

  • वीरगंज संजाल
  • ९ कार्तिक २०७८, मंगलवार १३:१५
  • २२०९

    वीरगन्ज | पूर्व डिआइजी रमेश खरेलले नेपाललाई भुटानी ढाँचामा लैजान भारतले निरन्तर प्रयास गरिरहेको बताएका छन् । मंगलबार पूर्व सुरक्षाकर्मी परिषद्को एक कार्यक्रममा बोल्दै खरेलले भारतको सधैँ नेपाली जनताको सार्वभौमसत्तामाथि खेलिरहने मनसाय कायमै रहेको बताए । उनले भारतसंग मैत्रीपूर्ण संवादबाट समस्याको समाधान खोजिनुपर्ने बताए । राष्ट्रियता बचाई राख्न कुटनीतिक निकाय र गृह प्रशासन चनाखो हुनुपर्ने जनाउँदै उनले पूर्व सुरक्षा निकायमात्र नभई हरेक नेपालीमा राष्ट्रियता जाग्नुपर्ने बेलाई आईसकेको उनको धारणा रहेको छ । कहिले पनि कसैको गुलाम नभएको देशको राष्ट्रियता माथी कसैले सवाल उठाउँछ भने पूर्व सुरक्षाकर्मी कुनैपनि हालतमा चुप लागेर नबस्ने समेत उनको चेतावनी छ । नेपालको राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता र सार्वभौमिकता माथिको प्रहार रोक्न सम्पूर्ण नेपाली एकजुट हुन आवश्यक रहेको पूर्व सुरक्षाकर्मी परिषद्को धारणा रहेको छ । परिषद्ले राष्ट्र र राष्ट्रियताको सुरक्षा गर्न आम नेपालीलाई एकजुट हुन आग्रह गरेको समेत गरेको छ । भारतीय पूर्व राजदूत रञ्जित रेद्वारा लिखित पुस्तक ‘काठमाडौं डिले’ मा ‘रिसेटिङ इण्डिया–नेपाल टाईज’ मा नेपाल र नेपालीको स्वाभिमान माथि गम्भीर आक्रमण भएको, नेपालको अहित हुनेगरी भारतले विगतमा नेपालविरुद्ध गरेका अक्षम्य अपराधहरूको भरण पोषण गरेको समेत परिषद्को आरोप छ ।

    त्यस्तै, कार्यक्रममा बोल्दै पूर्व जर्नेल डा. प्रेमसिह बस्नेतले विकासका नाममा एमसीसी भित्राउन र कोही भूटानी मोडेलको राज्य स्थापना गरि सिक्कीमे लेन्डुप बनाउने अभिप्राय रहेको हुँदा यस्तो लोन्डुपे प्रवृतीको विरुद्व एक भई उभिनु पर्नेमा जोड दिए । सार्वभौम स्वतन्त्रता र स्वाधीनतालाई कुल्चने भुटानी मोडलको राजसंस्था आवश्यक नरहेको उनको भनाई छ । यदि देश र जनतालाई आवश्यक महशुस भए नेपालीले नै आवश्यकता अनुसारको राजसंस्था स्थापना गर्न सक्षम रहेको उनले बताए । सुगौली सन्धिपछि नेपालको सार्वभौमिकता, अखण्डता, राष्ट्रियता, राष्ट्रिय एकता र नागरिक सुरक्षा सबैभन्दा कमजोर दुर्बल भएको, नेपाली जनता निर्णायक नभै विदेशीहरु निर्णायक रहदै आएको उनको भनाई छ । तिनै तत्वहरुले नेपाली धर्म संस्कृती, नेपाली भाषा, नेपाली सेना, नेपाल प्रहरी सबैलाई कमजोर बनाउँन खोजेको समेत उनको दाबी छ । यसैगरी, कार्यक्रममा सामाजिक अभियन्ता राजेन्द्र केशरी पाण्डेले नेपाल कहिल्यै कसैको गुलाम नभएको भन्दै राष्ट्रियताको सवालमा प्रश्न उठाउँछ भने पुर्व सुरक्षाकर्मी कुनै हालतमा चुप नबस्ने बताए । उनले भने,‘यस्ता किसिमका क्रियाकलापका खातिर सदैव खबरदारी गर्दै परिआए राष्ट्रका लागि बलिदानी दिन समेत तयार छौ ।’

    त्यस्तै, घाइते तथा अपांग संघ तथा भुपू सुरक्षाकर्मी संघका उपाध्यक्ष हिमाल अर्यालले विकासको नाममा एमसीसी भित्र्याउन र कोही भुटानी मोडेलको राज्य स्थापना गरी सिक्कीमे लेन्डुप बनाउने अभियानमा आएको हुँदा लेन्डुपे प्रकृतिका बिरुद्ध कटिबद्ध भई अगाडी बढ्ने चेतावनी दिए । उनले भने,‘हाम्रो सार्वभौम स्वतन्त्रता र स्वाधीनतालाई कुल्चने भुटानी मोडेलको राजसंस्था हामीलाई आवश्यक छैन् । देश र जनतालाई आवश्यक महसुस भए नेपालीहरु नै राजसंस्था स्थापना गर्न सक्षम छौ ।’
    कार्यक्रममा संयोजक केबी रावतले प्रेस विज्ञप्ती पढेर सुनाएका थिए । कार्यक्रमको संचालन हेमशंकर जोडीले गरेका थिए । पुर्व सुरक्षाकर्मीका थुप्रै वक्ताहरूले कार्यक्रममा आफ्नो अभिव्यक्ति दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी
  • मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    पर्साको जमुनिया खोलाबाट अवैध गिट्टी–बालुवा उत्खनन्, दुई ट्याक्टर नियन्त्रणमा

    तेस्रो मुलुकतर्फ नेपाली छुर्पीको निर्यात उत्साहजनक, ८८ करोड बराबरको निकासी

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    News

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    News

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑