वीरगंज | वीरगंजको जिल्ला खेलकुद विकास समिति पर्साको कभर्डहलमा आयोजित अन्तर एफएम रेडियो व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समिति पर्साको कभर्डहलमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य मानदेव हजरा र नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव श्याम बञ्जाराले संयुक्त रुपमा गर्नुभएको थियो ।
वीरगंजको जिल्ला खेलकुद विकास समिति पर्साको कभर्डहलमा आयोजित अन्तर एफएम रेडियो व्याडमिन्टन प्रतियोगिताको उपाधी आयोजक सामुदायिक रेडियो नारायणी एफएम १०३.८ मेगाहर्जले जितेको छ । नारायणी एफ.एमको १६ औं बार्षिक उत्सवको अवसरमा आयोजित प्रतियोगिताको उपाधी आयोजक नारायणी एफएमले नै जितेको हो । फाइनलमा रेडियो विन्दासलाइ २–० को सोझो सेटमा पराजित गर्दै नारायणी एफएमले उपाधी चूमेकों छ । उपाधिी विजेता नारायणी एफउमले पहिलो चरणमा आवाज एफएमलाइ र सेमीफाइनलमा रेडियो सान्भीलाइ पराजित गरेको थियो । यस्तै प्रतियोगिताको उपविजेता रेडियो बिन्दास भएको छ ।
तेश्रो स्थान भने रेडियो सान्भीले हासील गरेको छ । तेश्रो स्थानका लागि भएको खेलमा रेडियो समग्र मधेसलाइ २–० को सोझो सेटमा पराजित गर्दै रेडियो सान्भी तेश्रो भएको हो । पर्सा जिल्लामा सन्चालित ८ वटा एफएम रेडियोहरु सहभागी प्रतियोगिताको विजेता , उपविजेता र तेश्रो भएका टिमलाइ यहि कात्तिक १२ गते नारायणी एफएमको वार्षिक उत्सवका अवसरमा आयोजित विशेष समारोहमा पुरस्कार वितरण गरिने नारायणी एफ.एमका कार्यकारी अध्यक्ष गोविन्द देवकोटाले जानकारी दिनुभयो ।