• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सिनामंगलबाट पक्राउ ११ अफगानी एक महिनादेखि थिए काठमाडौंमा

  • वीरगंज संजाल
  • ८ कार्तिक २०७८, सोमबार १४:०५
  • ५७०१

    वीरगन्ज | सिनामंगलको फेसबुक होटलमा अफगानी नागरिक जस्ता देखिने केही व्यक्ति बसिरहेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले यही सूचनालाई आधार बनाएर एउटा टोली सिनामंगल पठायो । नभन्दै त्यहाँको होटलमा ११ जना बसिरहेका रहेछन् । प्रहरीले सोधपुछ सुरु गर्यो । उनीहरुले आफूहरु बंगलादेशबाट नेपाल आएको बताए । सिआइबी प्रवक्ता एसपी श्यामकुमार महतोले फरकधारलाई दिएको जानकारीअनुसार त्यसपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । अहिलेसम्म प्रहरीले उनीहरु नेपाल कसरी आइपुगेका हुन् भन्नेबारे पूर्ण जानकारी पाइसकेको छैन । तर, उनीहरु अफगानिस्तानबाट भारत हुँदै सुनौली नाकाबाट नेपाल छिरेको चाहिँ एकिन भइसकेको छ । ३ महिला र ८ पुरुष उनीहरु अहिले प्रहरी नियन्त्रणमा छन् । यीमध्ये एकै परिवारका हुन्, पाँच जना । उनीहरुसँग भारतीय आधार कार्डजस्तो देखिने परिचयपत्र पनि नेपाल प्रहरीले बरामद गरेको छ । तर, यी परिचय पत्र सक्कली हुन् या नक्कली भन्नेबारे प्रहरी सोधपुछकै क्रममा छ ।

    प्रहरीले उनीहरु नेपालमा आएको जानकारी आइतबार मात्र पाए पनि यी ११ जनामध्ये केही झन्डै एक महिनाअघि नै नेपाल आइपुगेका थिए । उनीहरुमध्ये केही २५–३० दिनअघि नै नेपाल आएर होटलमा बसिरहेका रहेछन्, केही पाँच दिनअघि मात्र काठमाडौं आएका रहेछन्,’ एसपी महतोले भने । सिआइबीले गोप्य सूचनाका आधारमा गरेको छापामारीमा उनीहरु पक्राउ परेपछि उनीहरुले अफगानिस्तानमा तालिबानले कब्जा जमाएपछि त्यसको डरमा नेपाल आइपुगेका बताएका छन् । सोधपुछपछि सिआइबीले उनीहरुलाई अध्यागमन विभागको जिम्मा लगाउने तयारी गरेको छ । उनीहरुलाई नेपालस्थित संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालयले गुपचुप राखेको हुनसक्ने अनुमान गरिएको छ । युएनएचसिआरले उनीहरुको काठमाडौंको बसाइको सम्पूर्ण व्यवस्थापन गर्दै आएको पनि प्रहरीले जनाएको छ । प्रहरीले चाहिँ खुला सीमा नाका भएका कारण उनीहरु नेपाल आएको विषयमा जानकारी राख्न नसकिएको बताएको छ । ‘अफगान, बंगलादेशी, पाकिस्तान, भारतलगायतका देशका नागरिक उस्तैउस्तै हुन्छन्,’ एसपी महतोले भने, ‘सीमा खुला भएकाले उनीहरु सहजै नेपाल छिर्छन् ।’

    अफगानीहरु नेपाल आएको थाहा पाएपछि सीमानाकामा आफूहरुले कडा निगरानी सुरु गरेको पनि सुरक्षा निकायले बताएका छन् । गृह मन्त्रालयले पनि थप अफगानीहरू नेपाल आउन सक्ने सम्भावना रहेको भन्दै दक्षिणी सीमा क्षेत्रमा कडा निगरानी गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । गृहप्रवक्ता फणिन्द्रमणी पोखरेलले नेपाल आएकाहरूमाथि अध्यागमन कानून अनुसार कारवाही हुने बताए । यसअघि गत असोज पहिलो साता १४ जना रोहिंग्याहरू काठमाडौं आएका थिए । तीन जना दलालहरूले उनीहरू बंगलादेशबाट नेपाल ल्याएका थिए । लामो समयदेखि काठमाडौंको कपनमा रहेको रोहिंग्या शरणार्थी शिविर नजिकै बसोबास गर्दै आएका थिए । रोहिंग्या शरणार्थीहरूकै सूचनाको आधारमा सीबीआईले तीन जना दलाल र १४ जना रोहिंग्यालाई नियन्त्रणमा लिएको थियो । उक्त घटना सेलाउन नपाउँदै फेरी ११ जना अफगानी नागरिक नेपाल आएको पाइएको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट
  • सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • अफिमसहित चार जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    News

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑