• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  accident

    भारतमाथि पाकिस्तानको सानदार जित

  • वीरगंज संजाल
  • Oct 25, 2021, 6:38 am
  • २६३३

    वीरगन्ज । पाकिस्तानले आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह दुईमा आइतबार चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई दश विकेटले हराएको छ । सन् १९९२ पछि पाकिस्तानले भारतलाई समग्रमा पहिलोपटक एकदिवसीय तथा टी–२० विश्वकपमा पहिलोपटक स्तब्ध पारेको हो । यसअघिका पाँचैवटा टी–२० विश्वकपमा भारतले पाकिस्तानलाई हराएको थियो । दुबईको अन्तर्राष्ट्रिय रंगशालामा टस हारी पहिलो ब्याटिङ गरेको भारतले २० ओभरमा सात विकेट गुमाएर एक सय ५१ रनको मध्यम योगफल खडा गरेको थियो ।

    पाकिस्तानले लक्ष्य पछ्याउँदा १७.५ ओभरमा कुनै पनि विकेट नगुमाएर एक सय ५२ रन जोड्दै ऐतिहासिक जित हात पा¥यो । पाकिस्तानको जितमा ओपनरद्वय बाबर अजाम तथा मोहमद रिजवानले शतकीय इनिङ्सको साझेदारी गरेका थिए । बाबरले ६२ बलमा ६८ रन तथा रिजवानले ५५ बलमा ७९ रनको उत्कृष्ट योगदान दिए ।

    बाबरले ६ चौका र दुई छक्का प्रहार गरे । रिजवानले ६ चौका र तीन छक्का प्रहार गरे । पाकिस्तानको जितमा महŒवपूर्ण योगदान दिएका फास्ट बलर सहिन शाह अफ्रिदी म्यान अफ दी म्याच भए । उनले बलिङको क्रममा ३१ रन खर्चेर तीन विकेट लिएका थिए । लक्ष्य पछ्याएको इनिङ्सको १७औँ ओभरमा भारतका लागि मोहमद सामीले बलिङ गरेका थिए । यस ओभरमा पाकिस्तानी ब्याट्सम्यानले १७ रन बटुले ।

    यसअघि पहिलो ब्याटिङ गरेको भारतको सुरुवात निकै खराब भएको थियो । फास्ट बलर सहिन शाह अफ्रिदीले भारतका दुवै ओपनरलाई आउट पारेका थिए । उनले रोहित शर्मा (०) रनमा बोल्ड, लोकेश राहुल (०) रनमा एलबिडब्लूको धरापमा राखे । भारतले दुवै ओपनर गुमाउँदा स्कोर बोर्डमा केवल ६ रन मात्र चढाएको थियो ।

    धर्मराएको ब्याटिङ इनिङ्स कप्तान विराट कोहली, रिषव पन्त तथा रवीन्द्र जडेजाले सम्हाले
    विराटले सूर्यकुमार यादवसँग तेस्रो विकेटका लागि २५ रनको साझेदारी गरे । सूर्यकुमारले आठ बलमा ११ रन जोडे । विराटले रिषवसँग चौथो विकेटका निमित्त महत्वपूर्ण ५३ रनको साझेदारी गर्दै भारतलाई ८४–४ को स्थितिमा राखे ।
    सादाव खानले रिषवलाई कट एन्ड बोल्ड गरेका थिए । रिषवले ३० बलमा समान दुई चौका र छक्का प्रहार गरी ३९ रन जोडे ।

    रवीन्द्र जडेजाले १३ बलमा १३ रन तथा हार्दिक पाण्ड्याले आठ बलमा ११ रन बनाए । इनिङ्सको १८.४ ओभरमा विराटले आफ्नो विकेट गुमाए । उनले आफ्नो विकेट अफ्रिदीलाई दिए । विराटले ४९ बलमा पाँच चौका र एक छक्का प्रहार गरी ५७ रनको योगदान दिए । बलिङमा पाकिस्तानका लागि अफ्रिदीले चार ओभरमा ३१ रन खर्चेर तीन विकेट हात पारे । यसैगरी, हसन अलीले ४४ रन खर्चेर दुई विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑