वीरगन्ज | देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । हरेक वर्ष कात्तिक ३ र ४ गते खुवाइँदै आएको भिटामिन ‘ए’ र जुकाको औषधि यसपटक दसैँ अवधिमा परेकाले आज र भोलिका लागि सारिएको हो ।
७५३ पालिकाबाट ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकाहरूलाई भिटामिन ‘ए’ र एकदेखि पाँच वर्षसम्मका बालबालिकाहरूलाई जुकाको औषधि खुवाउने कार्यक्रम छ । सम्बन्धित वडाबाटै वितरण गरिने भिटभिन ‘ए’ र जुकाको औषधि खुवाउन जाँदा जनस्वास्थ्यका मापदण्ड अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।