वीरगन्ज | कोरोना भाइरस (कोभिड–१९) को नयाँ म्युटेसन (डेल्टा प्लस) डेल्टा भेरियन्टभन्दा पनि संक्रामक हुन सक्ने विशेषज्ञले बताएका छन्। डेल्टा भेरियन्टलाई सबैभन्दा संक्रामक मानिँदै आएकोमा बेलायती विशेषज्ञले डेल्टा प्लस भेरियन्ट थप संक्रामक हुन सक्ने बताएका हुन्।
बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सी (यूकेएचएसए)ले यसलाई अनुसन्धानको क्रममा रहेको भेरियन्टको रुपमा राखेको छ। यद्यपि अहिलेसम्म डेल्टा प्लस भेरियन्ट धेरै संक्रामक रहेको कुनै प्रमाण पाइएको छैन।
वैज्ञानिकहरुले अहिले प्रयोग भइरहेका कोरोना खोप यो भेरियन्टमा पनि प्रभावकारी हुने बताएका छन्। अहिले बेलायत र अमेरिकाको केही स्थानमा भेटिएका कोरोना संक्रमणमा डेल्ट प्लस देखिएको छ। तर, नयाँ भेरियन्टको रुपमा राख्नुपर्ने गरी यसको संक्रमण नदेखिएको विशेषज्ञहरुको भनाइ छ।