• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आयुर्वेदका ‘भीष्मपितामह’को निधन

  • वीरगंज संजाल
  • ६ कार्तिक २०७८, शनिबार १७:११
  • १९०९

    वीरगन्ज | नेपालमा आयुर्वेद चिकित्सा क्षेत्रका ‘भीष्मपितामह’का रुपमा परिचित डा शेषराज आचार्यको निधन भएको छ। ७८ वर्षीय डा आचार्यको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउसो निधन भएको हो। डा आचार्यलाई कोरोना संक्रमणपछि निमोनिया देखिएको थियो। निमोनियाले गम्भीर बनाएपछि डा आचार्यको आइसीयूमा उपचार भइरहेको थियो। तर उपचारकै क्रममा शुक्रबार निधन भएको हो। उनको शुक्रबार नै दाहसंस्कार गरिएको छ। २०२३ सालमा सरकारी सेवामा प्रवेश गरेका डा आचार्यले शुरुमा इन्चार्ज वैद्य पदबाट मेलम्ची आयुर्वेद औषधालयमा काम गरेका थिए। २०२६ सालमा अधिकृत सरहको पदमा काठमाडौंमा नै आए। अधिकृत कविराजको पद थियो त्यो। उनले नरदेवीमा अनुसन्धान गर्नुपथ्र्यो। २०२९ सालमा आयुर्वेद चिकित्सालयलाई त्रिभुवन विश्वविद्यालयले लियो। उनलाई सोधियो, त्रिवि रोज्ने कि नरदेवी। उनले नरदेवी रोजे।

    २०३० सालमा उनी पाल्पाको रामपुरस्थित औषधालय गएर काम गरे। पाल्पामा दुई वर्ष बसेर काम गरेपछि उनी काठमाडौ फर्किए। बढुवाका लागि नम्बर पुगेन। त्यसपछि उदयपुर पुगे। ०४३ सालमा उनी सहायक सचिवमा बढुवा भए। त्यसको दुई वर्षपछि उपसचिव र आयुर्वेद विभागको कामु महानिर्देशक भए। २०५१ सालमा सहसचिव भए। उनले सहसचिवमा १४ वर्ष काम गरे। वैद्यखानामा पनि चार–पाँच महिना र केही समय मन्त्रालयमा काम गरे। बैद्यखाना विकास समिति बनेपछि राजनीतिक खिचलो सुरु भयो। उनलाई बैद्यखानाले लोभ्याउँन सकेन। उनी नरदेवी अस्पताल, आयुर्वेद विभाग हुँदै स्वास्थ्य मन्त्रालय नै आए।
    उनी आयुर्वेद विभागको महानिर्देशक भए।

    उनले जिल्लामा अधिकृत तहको दरबन्दी निर्माण गरे र जिल्लास्तरीय औषधालय बनाइदिए। आधुनिक चिकित्सालाई मात्र ‘महान्’ ठानेर आयुर्वेदलाई महत्व दिइएन। २०५० सालतिर संघर्ष गरेरै जिल्ला जिल्लामा आयुर्वेद अधिकृतको दरबन्दी बढाउने, आयुर्वेद अस्पताल बनाउने लगायतका काममा उनले महत्वपूर्ण भूमिका निर्वाह गरे।
    उनकै कार्यकालमा जिल्ला–जिल्लामा औषधालय बने। उनकै कार्यकालमा ६१ वटा जिल्ला औषधालय थपिएका थिए। नरदेवीमा दरबन्दी निकै कम थियो। उनकै पालामा नरदेवी अस्पताललाई ४, ८, १२, २५, ५० हुँदै १०० बेडको अस्पताल बनाइयो। उनकै नेतृत्वमा नरदेवीमा नयाँ भवन बन्यो। आयुर्वेद काउन्सिलले आयुर्वेद चिकित्सक दर्ता गर्न थाल्यो। नरदेवी अस्पताललाई आधुनिकीकरण गर्ने श्रेय पनि शेषराजलाई नै जान्छ। उनले सरकारी सेवामा ४१ वर्ष बिताए। २०६४ सालमा अवकाश पाउदा उनी स्वास्थ्य मन्त्रालयको सहसचिव थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • अफिमसहित चार जना पक्राउ
  • प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ
  • बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    News

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    News

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑