• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जनकपुरमा प्रहरीले दलित युवकलाई यातना दिएको आरो

  • वीरगंज संजाल
  • ६ कार्तिक २०७८, शनिबार १४:०१
  • ४२२९

    वीरगन्ज | प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा दलितलाई यातना दिएको प्रहरीमाथि आरोप लागेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ स्थित मुजेलिया बस्ने २८ वर्षीय राजकुमार सदालाई दलित भएकै कारणले स्थानीय मुजेलिया प्रहरी चौकीका सई चन्दनकुमार सिंहले अमानवीय ढंगले यातना दिएको आरोप लागेको हो । वैदेशिक रोजगारीमा पठाउने भन्दै आफूलाई ठगी गर्नेसँग व्यक्तिसँग पैसा फिर्ता माग्दा प्रहरीले उल्टै आफूलाई यातना दिएको पीडित सदाको आरोप छ । चार वर्षअघि स्थानीय एजेन्ट रामहृदय यादवले विदेश पठाइदिन्छु भनेपछि सदाले स्थानीय साहु महाजनसँग ऋण लिएर उनलाई ९५ हजार रुपैयाँ बुझाएका थिए । तर कम्पनी नै बन्द भएपछि वैदेशिक रोजगारीका लागि बहराइन पुगेका सदा दुई महिना नपुग्दैँ नेपाल फर्किनुपरेको थियो । यादवसँग आफू ठगिएको भन्दै रकम माग गरेपछि उनले नै प्रहरी लगाएर आफूलाई यातना दिएको सदाको दाबी छ ।

    सदाका अनुसार पटक–पटक पैसा मागेपछि एजेन्ट यादवले उनलाई फोन गरेर कार्तिक २ गते मुजेलियास्थित यातायात कार्यालयको छेउमा राति अन्दाजी ९ बजे तिर भेट्न बोलाएका थिए । तर त्यहाँ पुग्दा आफूलाई घेरा हाली कुटपिट गर्न थालेको सदाको आरोप छ । त्यस क्रममा आफूले पनि प्रतिकार गरेको सदाको भनाइ छ । त्यसपछि यादवले सोही राति मुजेलिया प्रहरी चौकीका सई सिंहलाई भनेपछि प्रहरी सदाको घरमा गएर पुगेर उनलाई पक्रेर चौकी ल्याएको थियो । सो राति आधा घण्टासम्म प्रहरीले कुटपिट गरेको उनले सुनाए । सई सिंहले एक प्रहरी जवानलाई दुई वटा बाँसको लाठी दिएर पिठ्यूँ, ढाड र दुवै खुट्टामा निर्घात हुने गरी कुटपिट गर्न लगाएको उनको भनाइ छ । प्रहरीको यातनाबाट घाइते भएका सदालाई उपचारका लागि स्थानीय समर हस्पिटलमा भर्ना गरिएको थियो । तर रकम अभावको कारण उनी त्यहाँबाट घर फर्कन बाध्य भएका छन् । सदाका दाइ विजय सदाले भने आफ्नो परिवारमाथि प्रहरीले अमानवीय व्यवहार गरेको र यातना दिएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा न्याय तथा क्षतिपूर्तिको माग गर्दै उजुरी दिएका छन् ।

    त्यस्तै जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालयमा समेत बोधार्थ गर्दै वैदेशिक रोजगारको लागि विदेश पठाइदिने भनेर आफुसँग ठगी गरेको ९५ हजार रुपैयाँ समेत उपलब्ध गराइदिन र प्रहरीले दिएको यातनामा समेत न्याय तथा सई सिंह समेतलाई कारबाहीको माग गर्दै निवेदन दिएका छन् । राष्ट्रिय मानवअधिकार आयोग प्रदेश २ कार्यालयका यातना विभागका प्रमुख मनमाया राना मगरले पीडितले उजुरी दिएको बताउँदै आफूहरू तत्कालै अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउने बताइन् । यता धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले यस सम्बन्धमा आफूलाई केही थाहा नभएको र घटनाबारे बुझेर मात्र प्रतिक्रिया जनाउने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • अफिमसहित चार जना पक्राउ
  • प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ
  • बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    News

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    News

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑