• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दुई महिनामा १० अर्ब ३६ करोडको मोबाइल आयात, दसैंमा सबैभन्दा धेरै बिक्री

  • वीरगंज संजाल
  • २८ आश्विन २०७८, बिहीबार १८:५६
  • २५०९

    वीरगंज | पछिल्लो समय सरकारले इन्टरनेटलाई अत्यावश्यक सेवाको सूचीमा समावेश गरेको छ। सञ्चार सेवाका रुपमा अत्यावश्यक कायम गरिएको इन्टरनेटको अभिन्न अंग बन्न पुगेको छ मोबाइल फोन।डेढ वर्ष अघि २०७६ चैत देखि फैलिएको कोरोना महामारीपछि त मोबाइल फोन झनै महत्वपूर्ण बन्न पुगेको छ। कोभिड सर्ने भन्दै घर बाहिर निस्किन अप्ठ्यारो भएपछि विद्यार्थीका कक्षा समेत प्रायः अनलाइनमै सीमित हुन पुगे। त्यसपछि मोबाइल फोन झनै आवश्यक बन्न पुग्यो।र फलस्वरुप मोबाइल फोनको आयात अस्वाभाविक बढ्न पुगेको व्यवसायी बताउँछन्।

    आर्थिक वर्ष २०७७–०७८मा ३६ अर्ब ९० करोड रुपैयाँ ४५ लाख ८४ हजार रुपैयाँ बराबरको ७० लाख ३० हजार ३६६ थान मोबाइल विभिन्न देशबाट आयात भएको भन्सार विभागको तथ्यांक छ। गत आर्थिक वर्ष २०७७–०७८मा ३६ अर्ब ९० करोड रुपैयाँ ४५ लाख ८४ हजार रुपैयाँ बराबरको ७० लाख ३० हजार ३६६ थान मोबाइल विभिन्न देशबाट आयात भएको भन्सार विभागको तथ्यांक छ। नेपाल मोबाइल व्यवसायी संघका अध्यक्ष पुरुषोत्तम बस्नेत वर्षभरिमा आयात हुने करिब करिब सबै मोबाइल बिक्री हुने गरेको बताउँछन्। ‘वर्षमा ७० लाख हाराहारी मोबाइल फोन बिक्री हुन्छ भन्ने हाम्रो विश्लेषण छ,’ अध्यक्ष बस्नेत भन्छन्, ‘वर्षभरिमा खपत हुने मोबाइलको ठूलो हिस्सा दसैं, तिहार लगायतका पर्वमा हुने गरेको छ।’

    अध्यक्ष बस्नेतका अनुसार वर्षभरिमा खपत हुने मोबाइलको करिब एक तिहाइ मोबाइल दसैं, तिहार र छठ पर्वको अवसरमा हुने गरेको छ। गत वर्ष साउन र भदौमा मात्रै आयात भएको मोबाइलको तथ्यांकले पनि बस्नेतको भनाइलाई समर्थन गर्छ।भन्सार विभागको तथ्यांक अनुसार गत वर्ष दसैं अघि साउन र भदौमा मात्रै ७ अर्ब ९४ करोड २४ लाख ५९ हजार रुपैयाँ बराबरको मोबाइल विभिन्न देशबाट आयात भएको छ। सो रकम बराबरको ९ लाख ९५ हजार ५०० थान मोबाइल फोन आयात भएका विभागको तथ्यांक छ। त्यसबाहेक असोजमा आयात भएका मोबाइल समेत दसैं, तिहार र छठ पर्वको आसपासमा हुने गरेका बस्नेत बताउँछन्।

    यस वर्ष झन् बढ्यो दसैंअघिको व्यापार

    नेपाली बजारमा गत वर्षको दसैं अघिको तुलनामा यस वर्ष मोबाइल फोनको कारोबार झन बढेको तथ्यांकले देखाउँछ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८–०७९को साउन र भदौमा मात्रै १० अर्ब ३६ करोड ३५ लाख ७६ हजार रुपैयाँ बराबरका १४ लाख ९८ हजार ७६५ थान मोबाइल फोन आयात भइसकेका छन्।असोजमा पनि आयात हुने क्रममा जारी रहेको व्यवसायीहरुको भनाई छ। ‘दसैं र तिहारमा नेपालीको बढी खर्च गर्ने बानी भएका कारण प्रायगरी यही मौसममा नेपालीले अत्यावश्यक वस्तु खरिद समेत गर्ने गरेका छन्,’ बस्नेत भन्छन्, ‘मोबाइल फोन खरिदमा विभिन्न ब्राण्डहरुले स्किम, अफरहरु ल्याए पनि त्यसले मान्यता राख्दैन।’

    भन्सार विभागका अनुसार पछिल्लो समय दसैंअघिको मोबाइल फोनको कारोबार निरन्तर बढ्दै गइरहेको छ। तीन वर्षअघि २०७५ को दसैं भन्दा अघि साउन र भदौमा ३ अर्ब ८६ करोड ७५ लाख १० करोड रुपैयाँ बराबरका, ८ लाख ८१ हजार ४५३ थान मोबाइल फोन आयात भएका थिए।त्यस्तै आर्थिक वर्ष २०७६–०७७को साउन र भदौमा ५ अर्ब १० करोड ४६ लाख ३६ हजार रुपैयाँ बराबरको ११ लाख ४ हजार ५१७ थान मोबाइल फोन आयात भएका थिए। प्रत्येक वर्षको सोही अवधिलाई तुलना गर्दा यस वर्ष बढेर साउन र भदौमा मात्रै १० अर्ब रुपैयाँ भन्दा बढी पुगिसकेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑