जनकपुरधाम | बसको ठक्करबाट सप्तरीमा एक महिलाको मृत्यु भएको छ।शनिबार साँझ करिब साढे ५ बजे बा ३ ख ९६९० नम्बरको बसले प्र.२–०१–००१ प ०३३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए।
बसको ठक्करबाट सप्तरीको खडक नगरपालिका वडा नं. ९ सरपा टोलकी ३० वर्षीया गुल्लु खातुनको मृत्यु भएको हो। बसको ठक्करबाट घाइते भएकी उनलाई अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको हो।
त्यस्तै महिलाको श्रीमान् ३२ वर्षीय मो. कुदरस र उनकी ५ वर्षीय छोरा मो.समद सामान्य घाइते भएको प्रहरीले जनाएको छ। मोटरसाइकललाई ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।