बिरगंज। बिरगंज पब्लिक कलेजको आयोजनामा भएको हल्ट प्राईज कार्यक्रम सम्पन्न भएको छ । आज बिरगंजको होटेल भिस्वामा भएको सो कार्यक्रममा कलेजमा पढेका विद्यार्थीहरुले आफ्नो व्यापार अनुभवलाई प्रस्तुत गरेका थिए ।पढेलेखेर बैकमा , फैक्ट्रिमा , अरुको जागिर मात्र खाने भन्ने सोचमा परिवर्तन भैइ सकेकोले अब विद्यार्थीहरुले अरुको नोकर होईन , आफू मालिक बन्न तर्फ सोचमा परिवर्तन आई सकेकोले त्यसलाई पूरा गर्न हल्ट प्राईजले मद्दत गर्ने छ ।आफुले गर्न सक्ने बिजनेस व्यापार , उद्योगको बारेमा नया कन्सेप्ट बनाएर अगाडि बढे हल्ट प्राईजले त्यस्ता विद्यार्थीहरुलाई सहयोग गर्ने सो कार्यक्रमको उदेश्य रहेको बिपिसी कलेजका निर्देशक प्रोफेसर डा. दिपक शाक्यले जानकारी दिनुभयो।
सो कार्यक्रममा १० ग्रुपले भाग लिएका थिए ।कसैले माछापालन फर्म , हाम्रो माछा , हयाचरी , टेक्निकल सर्भिस , हाम्रो सेवा एजेन्सी , जुजु धौ , घरको अचार , चेरी क्लोसोमस जस्ता व्यापार बिजनेसको बारे आआफ्नो अनुभव प्रस्तुत गरेका थिए ।त्यस मध्य जुजु धौ ग्रुप पहिलो हुन सफल भएका थिए भने दोस्रो र तेस्रो घरको अचार , चेरी क्लोसोमस भएका थिए ।सबैको बिजनेस आईडिया राम्रो भएको तर त्यसलाई सफल बनाउने अरु अध्ययनको आवस्यकता रहेको जजको भनाइ रहेको थियो ।
जजको रुपमा अनुप अग्रवाल , राहुल अग्रवाल , सुषमा दुबेदी , अब्दुल कलाम , सुरज श्रीवास्तव , सिल्पी अग्रवाल रहेका थिए ।बिरगंज पब्लिक कलेजका निर्देशक प्रोफेसर डा. दिपक शाक्यको सभापतित्वमा भएको सो कार्यक्रमका प्रमुख अतिथि गणेश लाठ , बिशिस्ट अतिथिमा अनुप अग्रवाल , सुषमा दुबेदि, अब्दुल कलाम , सुरज श्रीवास्तव , सिल्पी अग्रवाल , राहुल अग्रवाल रहनु भएको थियो भने कलेजका सहायक क्याम्पस प्रमुख अरबिन्द श्रेष्ठ , कोडिनेटर बासुलाल कर्ण लगायत कलेजका विद्यार्थी र सन्चारकर्मीको सहभागीता रहेको थियो ।