जनकपुर । रामानन्द चोक जानेबाटोमा पर्ने महाराणि वस्त्रालयमा आगो लागेर करोडौंको क्षति भएको छ ।
करिब १२ बजे वस्त्रालयको सटर खोलेर पूजा गर्न संकटमोचन मन्दिर गए फर्केर आउँदा पसलमा विद्युत सर्ट भएर आगो लागेर पसलमा रहेको सबै कपडा र फर्निचर समानसमेत जलेर नष्ट भएर करोडौंको क्षति भएको पसलका संचालक उमाकान्त चौधरीले बताउनुभयो ।
पसलमा आगो लागेको देखेर बारुण यन्त्रको सहयोगमा स्थानीयले आगलगी नियन्त्रणमा लिएका थिए भने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी जितेन्द्र बस्नेतले आगलगीबाट करिब २ करोडको क्षति भएको पीडितले दावी गरेको बताउनुभयो ।