बीरगन्ज । कोरोना संक्रमणका कारण बारामा एक युवकको मृत्यु भएको छ ।बाराको बिश्रामपुर गाउँपालिका छतवा बरैनिया टोलका २० वर्षे युवकको मृत्यु भएको हो ।
युवकको सोमबार राति पौने १० बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदय नारायण सिंहले बताए ।
गत भदौ ५ गते ती युवकमा कोरोना संक्रमण देखिएपछि उपचार हुँदै आएको थियो ।