दौडधुपमा दाहाल, पार्टीका अर्का अध्यक्ष ओलीबाट ‘धोका’
वीरगंज संजाल
३ कार्तिक २०७६, आईतवार ०८:४०
२२४९
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट धोका भएको गुनासो सचिवालय सदस्यहरुसँग गर्न थालेका छन् ।
पार्टी एकताका बेला आलोपालो प्रधानमन्त्री बन्ने समझदारी भए पनि ओलीका गतिविधिबाट त्यो पालना नहुने महसुस प्रचण्डले गरेका छन् ।
प्रचण्डले केही दिनअघि सचिवालय सदस्य ईश्वर पोखरेललाई उनकै घरमा भेटेर एकताका बेला भएको समझदारी कार्यान्वयन हुन नसकेको गुनासो पोखेको स्रोतले बतायो ।
एकतापछि दाहाल र पोखरेलबीच बहुदलीय जनवादको विषयमा मत बाझिएको थियो ।
आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले यो समाचार लेखेका छन् ।