• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    साकार हुँदै वाग्मतीमा स्वच्छ पानी बगाउने सपना

  • वीरगंज संजाल
  • ३ कार्तिक २०७६, आईतवार ०५:५४
  • ५७१७

    काठमाडौं । नेपाली सभ्यताको परिचायकका रुपमा रहेको वाग्मती नदी मानवीय अतिक्रमणका कारण ढलमा रुपान्तरण भएको भन्दै चौतर्फी आलोचना भई नै रहन्थ्यो । मानवीय अतिक्रमणलाई रोक्नेतर्फ यसअघि खासै प्रयास पनि भएको थिएन । ‘कुराले चिउरा भिज्दैन’ भन्ने नेपाली उखान जस्तै वाग्मतीको सुधारका लागि भाषण होइन काम जरुरी थियो ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    वास्तवमै काम गर्ने सोच राख्दै काठमाडौँवासीमा जनचेता जगाउनसके वाग्मतीलाई पुरानै अवस्थामा फर्काउन सकिन्छ भन्ने चाहना मुखरित हुनु आवश्यक थियो । केही वर्षदेखि वाग्मतीमा सफाइ अभियान पनि नचलेको होइन तर त्यसले समस्या समाधानका लागि बीसको उन्नाइस मात्रै गर्न सक्यो । मुख्य कुरा वाग्मतीमा बस्तीबाट सिधै जोडिएको ढल नै प्रदूषणको प्रमुख कारण थियो । त्यसलाई नरोक्दासम्म जतिसुकै सुधारको काम गर्दासमेत त्यसले सफलता पाउने अवस्था थिएन । सफाइ अभियानले सार्थकता पाउने अवस्था पनि थिएन, किनकी मुख्य कारण अर्कै थियो ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    सरकारले त्यसका लागि नदीमा बहने पानी र ढलको छुट्टाछुट्टै प्रबन्ध गर्ने योजना बनायो । ढल व्यवस्थापन गरेपछि मात्रै वाग्मतीमा स्वच्छ पानी बगाउन सकिन्छ भन्ने ध्येयका साथ शुरु गरिएको परियोजनाको काम अन्तिम चरणमा पुगेको छ । काठमाडौँको गुहेश्वरीमा निर्माणाधीन वाग्मतीको फोहर पानी प्रशोधन केन्द्र निर्माण कार्य अन्तिम चरणमा पुगेको सो आयोजनाका प्रमुख लीलाप्रसाद ढकालले जानकारी दिए । आयोजनाको काम आगामी पुस मसान्तस्म्म सम्पन्न गर्ने लक्ष्य राखिएको उनको भनाइ छ ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    आयोजना प्रमुख ढकालले भने, “हामीले फोहर पानी प्रशोधन केन्द्रको काम ९५ प्रतिशत सम्पन्न गरिसकेका छौँ । बाँकी काम आगामी पुस मसान्तभित्र सम्पन्न गरी वाग्मतीमा सफा पानी बगाउँछौँ ।” आयोजनाको पछिल्लो अवस्थाका बारेमा आज खानेपानी मन्त्री बीना मगर, सचिव माधव बेल्वासेलगायत टोलीले स्थलगत निरीक्षणसमेत गर्‍यो । सरकारले केही गरेको छैन, केवल गफ मात्रै गरेर बसेको छ भनेर गरिने आलोचनाको जवाफसमेत गुह्येश्वरीमा निर्माण भइरहेको प्रशोधन केन्द्र पनि आफैँमा एउटा जवाफ हो ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    वाग्मतीसँग जोडिएको मानव सभ्यता र त्यसको सांस्कृतिक पक्षलाई जोगाउने लक्ष्यका साथ शुरु भएको परियोजना सम्पन्न भएपछि सो नदीमा पौडी खेल्न सकिने आयोजनाको विश्वास छ । स्थलगत निरीक्षणमा पुग्नुभएका मन्त्री मगरसहितको टोलीलाई आयोजनाबारे जानकारी गराउँदै आयोजना प्रमुख ढकालले भने, “प्रशोधन केन्द्रको काम सम्पन्न भएपछि गोकर्णदेखि गुह्वेश्वरीसम्मको पानी प्रशोधन गर्न सकिन्छ र वाग्मतीमा स्वच्छ पानी बग्न थाल्छ ।”

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    नेपालका मात्रै नभई विश्वका हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको पशुपतिनाथ र आसपासका क्षेत्रमा समेत स्वच्छ पानी बहन थाल्ने र बिनाहिचकिचाहट पौडी खेल्न तथा नुहाउन सकिने उनको भनाइ छ । वाग्मतीको मुहार फेर्ने सरकारको लक्ष्यलाई एशियाली विकास बैंकले सहयोग गरेको छ । सो आयोजनाका लागि रु दुई अर्ब ५५ करोड खर्च गरिएको छ । आयोजना सम्पन्न भएपछि एक सेकेन्डमा ३९० लिटर फोहर पानी प्रशोधन गर्न सकिनेछ । त्यस आधारमा दिनभरमा तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन हुनेछ ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    यस्तै सोही आयोजनाको अर्को स्वरुपमा रहेको ऊर्जा उत्पादन कक्षबाट प्रतिघण्टा ३२० किलोवाट विद्युत्समेत उत्पादन हुनेछ । आयोजनाको अर्को पनि फाइदा रहेको छ । प्रत्येक दिन सात टन कम्पोस्ट मलसमेत उत्पादन हुनेछ । सो मलको प्रयोग गरेर खेती उब्जनी बढाउनसमेत सहयोग मिल्नेछ । कृषि पेशाका लागि उक्त प्रशोधन केन्द्रबाट उत्पादन हुने मल असाध्यै प्रभावकारी हुने विश्वास लिइएको छ ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    कम्पोस्ट मल अन्नबाली तथा तरकारीखेतीका लागि उपयुक्त हुने काठमाडौँ उपत्यका फोहर पानी व्यवस्थापन आयोजना प्रमुख सुरत बमले जानकारी दिए । यस्तै ग्यास उत्पादनका लागि पानी प्रशोधन केन्द्रमा ‘एनेरोबिक डाइजेष्टर’ जडान भएको छ । सो स्थानमा यसअघि निर्माण भएको पुरानो प्रशोधन केन्द्र र नयाँ अत्याधुनिक प्रशोधन केन्द्रबाट पानी प्रशोधन गरिनेछ । प्रशोधन भएको पानी पिउनयोग्य नभए पनि नुहाउनसम्म हुनेछ ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    यस्तै स्वच्छ पानी बग्न थालेपछि वाग्मतीमा माछा खेलेको हेर्ने काठमाडौँवासीको सपना पूरा हुनेछ । जलचर मानव समुदायका लागि नजिकको मित्र भएकाले त्यसको सङ्ख्यामा बढोत्तरी हुने विश्वास आयोजनाको छ । काठमाडौँका नदीबाट दैनिक १३ करोड लिटर पानी प्रशोधन गर्ने लक्ष्यका साथ काम भइरहेको मन्त्रालयका सचिव माधव बेल्वासेले जानकारी दिए । वाग्मतीको मुहान छेउ धापमा पानी सङ्कलन केन्द्र बनाइएको र हिउँदमा त्यो पानी नदीमा बगाइने तथा अन्य नदी सफाइका लागि पनि काम भइरहेको उनको भनाइ छ ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    कामको गति र आयोजनाको प्रगति सुनेपछि खानेपानी मन्त्री मगरले खुशी हुँदै भने, “ऐतिहासिक महत्व बोकेको वाग्मती नदीलाई सफा राख्ने यो महत्वपूर्ण कामलाई सरकारले विशेष प्राथमिकतामा राखेको छ । कुनै पनि हालतमा तोकिएको समयमा आयोजना पूरा हुनुपर्छ ।”

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    उनले कुनै समस्या वा जटिलता भए त्यसलाई समाधान गर्न मन्त्रालय तयार रहेको प्रतिबद्धता जनाए । वाग्मती नदी सफाइका लागि सरकारले अभियान नै चलाइरहेको उल्लेख गर्दै मुख्य समस्याका रुपमा रहेको ढल प्रशोधन केन्द्रले सरकार र नागरिकको इच्छा पूरा हुने उनको भनाइ थियो ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    विगत चार वर्ष पहिलेदेखि शुरु भएको सो आयोजनाले गोकर्णदेखि गुहेश्वरीसम्म पानी प्रशोधन गर्न सक्नेछ । यस्तै ललितपुरको धोबीघाट तथा बालकुमारीमा पनि पानी प्रशोधन केन्द्रको निर्माण थालिएको छ । धोबीघाटमा यो परियोजना लागि मात्रै ६०० रोपनी जग्गा प्रयोग गर्न लागिएको छ । धोवीघाटको योजना सम्पन्न गर्न झण्डै रु पाँच अर्ब बजेट लाग्नेछ । मन्त्री मगरले पशुपति क्षेत्रमा सफा पानी बगाउने सरकारको लक्ष्य सफल तथा नजिक पुगेको बताए ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    “पशुपति दर्शन गर्न आएका बेला वाग्मतीमा नुहाउने सबै दर्शनार्थीको चाहना, हाम्रो परम्परा, हाम्रो आस्था र हाम्रो संस्कारसँग जोडिएको सांस्कृतिक तथा धार्मिक महत्वलाई जीवन्त राख्न सफल हुने क्रममा छौँ”, उनले भने, “वाग्मतीलाई प्राण भरिदिने र हाम्रो जन्मदेखि मृत्युसम्मको संस्कारलाई सहजीकरण गर्न हामी सफल हुनेछौँ ।” युद्धस्तरमा आयोजनाको काम भएकामा आफूलाई खुशी लागेको बताउँदै उहाँले पशुपतिमा आउने भक्तजनलाई सफा पानीको अनुभूति गराउनमा सफल हुने विश्वाससमेत व्यक्त गरे । – रासस

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑