बीरगन्ज । बाराको परवानीपुर गाउँपालिकामा अनेरास्ववियू (अखिल) क्रान्तिकारीको प्रथम गाउँपालिका सम्मेलन सम्पन्न भएको छ । गाउँपालिकाको वडा नं. ५ बहुअरी टोलमा सम्मेलनले स्थानिय युवा नेता अखिल पटेलको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेको छ ।
कमिटीको सदस्यहरुमा अनिल पटेल, नैमोदिन देवान, सुशिल महतो नुनिया, संजय साह तेली, शिवपुजन चौहान,सोनी पटेल लगायत चयन भएका छन । साथै सम्मेलनले खाली रहेका पदहरुलाई भावि बैठकहरुबाट पदपुर्ती गर्ने छ ।
सम्मेलनमा अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय सदस्य तथा प्रदेश नं २ का सह संयोजक प्रभाकर गुप्ताले नव गठित सदस्यहरुलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे । उनले गाउँपालिकालाई शिक्षाको क्षेत्रमा बढी ध्यान दिन आग्रह गरेका थिए ।
गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरुको अवस्था उकास्न शनिबार गठन भएको क्रान्तिकारी कमिटीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आशा व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेता गुप्ताले विद्यार्थीहरुको आपसी समन्वयले समस्याहरुको समाधान गर्दै लैजाने भन्दै आपसी समन्वयमा जोड दिएका थिए ।
कार्यक्रममा माओवादीका गाउँपालिका ईन्चार्ज लालबहादुर पटेल, अनेरास्ववियुका नेता कविराज पटेल, विवेक साह, वडा नं ५ का वडा कमिटी अध्यक्ष दारासिंघ पटेल, यूवा नेता सुनील पटेल, छोटेलाल पटेल, अजय पटेल, मदन गुप्ता लगायतले शुझककामना ब्यत गरेका थिए ।