बीरगन्ज । वीरगंज उद्योग वाणिज्य संघले प्रचलित विधान बमोजिम स्वास्थ्य समिति विस्तार गरेको छ । संघ अन्तरगत स्वास्थ्य समितिको संयोजकमा वीरगंज उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य सुमन क्याललाई मनोनयन गरेको छ ।
समिति विस्तार कार्यक्रममा संघका अध्यक्ष सुबोधकुमार गुप्ताले पोखरिया अस्पताललाई व्यस्थित गर्नका लागि एउटा भ्रमण टोली बनाई पोखरिया अस्पताललाई अवलोकण गर्ने र आवश्यक सुधार गर्नु परे यस समितिले पहल गर्ने बताए । वहाँले बालबालिकाहरुलाई लगाईने टिका (खोप) नारायणी अस्पलातलाई मात्र नदिन अन्य अस्पतालहरुलाई पनि उपलब्ध गराउन यस समितिले पहल गर्ने बताउनु भयो ।
अध्यक्ष गुप्ताले बच्चाहरुको टिका (खोप)का लागि जिल्ला जनस्वास्थ्य संग समन्वय गरि अन्य अस्पतालहरुलाई समेत उपलब्ध गराउन पहल गर्ने धारण राख्नुभयो ।
वीरगंज उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य सुमन क्याल संयोजकमा गठित समितिका सदस्यहरुमा नरेश टिवडेवाल, डा.नितिन तुल्स्यान, डा.सास्वत प्रसाद, डा.जेपी जैसवाल, शिवराज गौतम र सुशिल खेतानलाई मनोनयन गरेको अध्यक्ष गुप्ताले बताए। स्वास्थ्य क्षेत्रमा समग्र उद्देश्य पूरा गर्नमा सहजता आउने विश्वास लिएको पनि बताउनुभयो ।
कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष माधव राजपालको समेत उपस्थिति रहेको थियो ।