बारा । बाराको पचरौता नगरपालिकाको बेलदारी गाउँबाट कलैया स्थित यादव कोल्ड स्टोरमा जादै गरेको ना. २ त .७५२५ नम्बरको टयाक्टरमा लोड गरिएको ८० क्यून्टल सडेको दाल आज बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढको प्रहीले टोलीले नियमित गस्तीको क्रममा रामनगर गाउँ नजिकको सडकमा चेक जाँचको क्रममा दाल, टयाकटर पचरैता नगरपालिका वडा नं. ५ बस्ने वर्ष २६ को पान्नालाल महतोलाई प्रहीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक दिपक सुबेदीले जानकारी गराएका थिए।
प्रहरी निरिक्षक सुबेदीका अनुसार चालकले आफु संग सो दाल कलैया स्थित राधेचन्द यादवको यादव कोल्ड स्टोर सम्म पुरयाउनका लागि आफनो साहु ओमप्रकाश यादवले वडा नं ४ का वडा अध्यक्ष कन्हैया लाल प्रसाद यादवको सिफारिस समेत दिएको बताए ।
यता दाल साहु ओमप्रकाश यादवका अनुसार आफुले सो परिमाणको दाल यादव कोल्ड स्टोरबाट एक वर्ष अगाडी माछाको दाना तयार गर्न खरिद गरेकोमा दाना त्यार नहुदा उक्त दाल पुन्ह यादव कोल्ड स्टोरमा पठाउन लागेको बताए । एक वर्ष अगाडि कोभिड १९ को संक्रमणको महामारीको बेला कलैया उपमहानगरपालिकाको धेरै जसो वडामा उस्तै सडेको दाल राहतको नाममा वितरण गरिएकाे थियो ।
स्थानियले जोडदार रुपमा बिरोध गरे पछि मेयर राजेश राय यादव लगाएत केही वडा अध्यक्ष समेतलाई पक्राउ गरि मुद्धा चलाएको थियो । यस्तै आज नियन्त्रणमा लिएको दाल, टयाक्टर र चालक उपर अनुसंधान भई रहेको प्रहरी निरिक्षक सुबेदीले बताए ।