बीरगंज मेनरोडको पसल बीरगन्ज बचाऔ संघर्ष समितीले गराए बन्द
वीरगंज संजाल
Oct 18, 2019, 1:33 pm
८५९१
वीरगंज । बीरगन्ज बचाऔ संघर्ष समितीको आयोजनामा बीरगंज क्षेत्रमा, भन्सार बिन्दू देखी गण्डग सम्म सडक सेन्टरमा रहेका घर धनी तथा पसलेहरु आफनो पसल बन्द गरेका छन ।त्रिभूवन राजपथको बीरगंज क्षेत्रमा, भन्सार बिन्दू देखी गण्डग सम्म सडक सेन्टरबाट २५-२५ मिटर सडक फराकिलो पार्ने भए पछि सोको विरोधमा बीरगन्ज बचाऔ संघर्ष समितीको आयोजनामा विरगंजको मेनरोडमा रहेका घरधनीहरु आफनो पसल ११:३० बजे देखि १:३० बजे सम्म बन्द गरेका छन ।
विरगंज मेनरोडका घरधनीहरु आफनो पसल ११:३० बजे देखि १:३० बजे सम्म बन्द गरि मौन जुलुस निकाली वीरगंजको नगर परिक्रमा गरि जिल्ला प्रशासन कार्यालय पर्साका जिल्ला प्रमुख अधिकारी मार्फत नेपल सरकारलाई वीरगंजको मेनरोड २५-२५ मिटर फाराकिलो नर्पान दबाव सरुप ज्ञापन पत्र बुझाएको बीरगन्ज बचाऔ संघर्ष समितीका सयोजक पुरेन्द्र किशोर लाबले बताएका छन ।