कृष्णा कुशवाहा । वीरगंज । भ्रामक र कपोकल्पित मिथ्या आरोप सहितको समाचार प्रकाशन गरेको भन्दै नेपाल चिकित्सक संघ नारायणी शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल चिकित्सक संघ नारायणी शाखाले एक बिज्ञप्ति जारी गर्दै समाजिक सञ्जाल तथा केही अनलाईन समाचार माध्यमहरुले यस नेपाल चिकित्सक संघका आजिवन सदस्य तथा वरिष्ठ स्त्री तथा प्रसुती रोग बिषेशज्ञ डा. सलमा बानु विरुद्ध भ्रामक समाचार प्रकाशन गरेको भन्दै आपत्ति जनाएको छ ।
डा. बानुको बारेमा समाचार सम्पेषण गर्दा आवश्यक जानकारी लिइ तथ्य सत्यको आधारमा समाचार प्रकाशित गर्न नेपाल चिकित्सक संघ नारायणी शाखाले आग्रह गरेको छ ।
मिति २०७८/०५/११ गते जिल्ला पर्सा पोखरिया नागरपालिका निवासि वर्ष २४ कि निशा गुप्ता भन्ने विरामी नियमित चेक जाँचको लागि बरिष्ठ स्त्रि तथा प्रसूति रोग विषेशज्ञ डा. सलमा बालू ज्युको क्लिनिकमा जानु भएको तथा डा. बानूले सो विरामीको चेकअप पश्चात USG Advise गर्नु भएको थियो । त्यस पछि मिति २०७८/०५/१२ गते सो विरामी क्लिनिकमा Fever को कम्प्लेन लिएर आए पछि डा. बानुले सो विरामी लाई वरिष्ठ फिजिसियनको सल्लाह अनुसार क्लिनिक नजिक रहेको एडभान्स मेडिकेयर अस्पतालमा भर्ना हुन सल्लाह दिनुभएको थियो । मिति २०७८/०५/१४ गते विरामी लाई लेबर पेन सुरु भएको र Thick Meconium (बच्चाले दिसा खाएको) को कारणले अवस्था गम्भिर हुदैगएपछि बाध्यता वस तत्तकाल अपरेशन गर्नु परेको थियो । अपरेशन पश्चात विरामीको अवस्था उपचार पश्चात सामान्य रहेको तथा मिति २०७८/०५/१७ गते बिरामी लाई Loose Motion शुरु भएको र दिशा लागेको थाहा हुने समस्या देखियो ।
यस किसिमको कम्पलिकेसन पहिलाको डिलिवरीको बेलामा तल्लो पेटको मांसपेसिहरु कमजोर भई हालको डेलिवरीको बेलामा पुनः कमजोर हुन गई हुन सक्ने चिकित्सकहरु को ठम्याई छ । यस विषयलाई लिएर विरामीको आफन्तहरु द्वारा डा सलमा बानूको ज्ञान, सिप र योग्यतालाई नै चुनौति दिने मानमर्दन हुने गरि गालिगलौज तथा अत्यन्त आपत्ति जनक टिक्का टिप्पणी सहित होहल्ला गरेको घटनाको यस नेपाल चिकित्सक संघ, नारायणी शाखा घोर भर्तसना गर्दछ । विरामीको अवस्थाको बारे सम्बन्धित चिकित्सक संग बिना कुनै जानकारी नलिई अनावश्यक होहल्ला तथा मिडियामा गएको घटनाले नियतवस यस्ता घटना गराईएको देखिन्छ । चिकित्सकहरुको चरित्र हत्या हुनेगरि यस्ता घटनाहरु बारम्बार दोहोरिनु तथा सम्बन्धित निकाय मौन हुनु अत्यन्त आश्चर्यजनक तथा निन्दनिय विषय हो ।
यस घटनाको दोषिहरु लाई अविलम्ब कार्यवाहिको लागि नेपाल चिकित्सक संघ, नारायणी शाखा सम्पूर्ण सम्बन्धित निकायहरु संग जोडदार माग गर्दछ । साथै यस्ता घटनाहरुबाट चिकित्सकहरुको मनोबल ह्रास हुन गई समाजमा यसको गम्भिर तथा दुरगामी असर पर्ने भएको हुनाले आम जनसाधारणहरु पनि यस प्रति सचेत हुन आग्रह गर्दछौ , भने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।