इश्लामावाद । पाकिस्तानको भ्रमणमा रहेका बेलायतका राजपरिवारका दुई सदस्य अटो रिक्सामा चढेर एउटा रिसेप्सनमा गएका छन् । बेलायतकी महारानी एलिजाबेथ द्वितियाका नाति र नातिने बुहारी ड्युक एण्ड डचेस अफ क्याम्ब्रिज इश्लामावादस्थि बेलायती हाइ कमिसनरको कार्यालयले उनीहरुको सम्मानमा आयोजना गरेको रिसेप्सनमा जाँदा एउटा रंगीन अटो रिक्सा चढेर गएका हुन् ।
केटले चम्किलो ड्रेस र विलियमले शेरवानी लगाएका थिए । उनले त्यसअघि स्कुले केटाकेटीलाई भेट्नुका साथै प्रधानमन्त्री इमरान खानसँग लञ्च समेत खाएका थिए । उनीहरु पाँच दिने पाकिस्तान भ्रमणमा गएका हुन् । (बीबीसी)