वीरगन्ज । इङ्ग्ल्याण्डका फास्ट बलर जेम्स एन्डरसनले अनिल कुम्ब्लेको कीर्तिमानलाई तोड्दै सर्वाधिक टेस्ट विकेट लिने सूचीमा तेस्रो स्थानमा उक्लिएका छन् । भारतविरुद्ध पहिलो टेस्टको पहिलो पारीमा चार विकेट लिँदै एन्डरसनले सो कीर्तिमान बनाएका हुन् ।
१६३ खेलमा एन्डरसनको कूल विकेट संख्या ६२१ पुगेको छ । कुम्ब्लेले ६१९ विकेट लिएका थिए । एन्डरसनले घातक बलिङ गर्दै भारतका चार जना खेलाडीलाई आउट गरे ।
अब एन्डरसनभन्दा अघि अस्ट्रेलियाका सेन वार्न र श्रीलंकाका मुथैया मुरलीधरणमात्र रहेका छन् । वार्नको ७०८ र मुरलीधरणको ८ सय विकेट रहेको छ ।