वीरगन्ज । पछिल्लो चौबिस घण्टामा देशभर थप ३ हजार ७ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधिमा थप २५ जना संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको बिबरण अनुसार ९ हजार ४९३ जनाको पीसीआर बिधीबाट र ६ हजार १८२ जनाको एन्टीजेन बिधिबाट गरी कुल १५ हजार ६७५ जनाको कोभिड १९ परीक्षण भएकोमा ३ हजार ७ सय २९ जनाको रिपोट पोजेटिभ आएको हो ।
जसमध्ये काठामाडौँमा ४७१, भक्तपुरमा ८३ र ललितपुरमा १४७ जना गरी काठमाडौँ उपत्यकामा ७०१ जना थपिएका छन् ।त्यसैगरी आज थप १ हजार ८८५ जना संक्रमणमुक्त भएका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९ सय ४२ रहेको छ । देशभरका कोभिड अस्पतालका आइसीयूमा ७३२ र भेन्टीटरमा १५८ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।