• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेसमा महन्थ र उपेन्द्र आमनेसामने

  • वीरगंज संजाल
  • २२ श्रावण २०७८, शुक्रबार २०:१५
  • ४८७३

    वीरगन्ज । जनता समाजवादी पार्टी नेपालको आधिकारिकता सम्बन्धी विवाद निर्वाचन आयोगले समाधान गरे पनि पार्टीभित्र तनाव कम भएको छैन । परिणामस्वरुप मधेसमा उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्ष आमनेसामने भएका छन् |दुवै पक्ष आ–आफ्नो कार्यक्रम लिएर मधेस झरेका छन् । कार्यकर्तालाई आफ्नो पक्षमा आकर्षित गर्नका लागि उनीहरुले कार्यक्रम आयोजना गर्न थालेका हुन् ।उपेन्द्र यादव पक्षले केन्द्रीय समितिलाई अध्यावधिक गर्नका लागि जिल्ला जिल्लाबाट केन्द्रीय सदस्यहरुको नागरिकता संकलन गरिरहेको बेला महन्थ ठाकुर पक्षले जसपाको जिल्ला विस्तारित बैठक भन्दै कार्यक्रम सुरु गरेको छ ।निर्वाचन आयोगले उपेन्द्र यादवलाई जसपाको आधिकारिकता दिइसकेको छ । जसपाको आधिकारिकता नपाएका महन्थ ठाकुर पक्षले पनि आफूहरु अझै जसपामै रहेको भन्दै तराई मधेसमा कार्यक्रम सुरु गरेका छन् । महन्थ ठाकुर पक्षको कार्यक्रम भदौ ९ गतेसम्म चल्ने बताइएको छ ।

    महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले आफूहरु जसपामै रहेको र पार्टीमा देखिएको आन्तरिक समस्याका बारेमा कार्यकर्तालाई जानकारी गराउन कार्यक्रम आयोजना गरिएको बताए ।‘पार्टीमा के कारणले विवाद भयो, पार्टी किन फुटको अवस्थामा पुग्यो, यी सबै कुराको यथार्थ जानकारी कार्यकर्तालाई गराउन कार्यक्रम आयोजना गरिएको हो,’ उनले भने, ‘केन्द्रको विवादबारे तल्लो तहका कतिपय नेता तथा कार्यकर्ताहरु अन्योलमा छन्, उनीहरुलाई यथार्थ बताउन हामी मधेसमा झरेका हौं ।’महन्थ पक्षले शुक्रबार सप्तरीमा कार्यक्रम गरेको छ । जिल्ला समन्वय कार्यालयको सभा हलमा आयोजित कार्यक्रममा केन्द्रबाट जसपाका वरिष्ठ नेता राजेन्द्र महतो, केशव झा, वृषेशचन्द्र लाल, राजीव झा प्रमु्ख वक्ता छन् ।

    उपेन्द्र यादव पक्षका जसपा जिल्ला अध्यक्ष केदार यादवले भने, ‘जसपाको नामबाट राजेन्द्र महतोले गरिरहनु भएको कार्यक्रम आधिकारिक होइन, कार्यक्रम नै फर्जी हो, यसको बारेमा केन्द्रले आवश्यक निर्णय लिनेछ ।’सिरहामा हुने विस्तारित बैठक कार्यक्रमका लागि जसपा महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्य अनिलकुमार झा, डा.सुरेन्द्र झा, उमाशंकर अरगरिया, जयनुल राईलाई प्रमुख वक्ताको रुपमा पठाइएको छ ।जसपाका नेता राकेश रोशन गुप्ताले भने, ‘सिरहामा जसपाको नामबाट भइरहेको फर्जी कार्यक्रमको बारेमा हामीले छिट्टै आवश्यक निर्णय लिन्छौं, महन्थ ठाकुर पक्षले जवर्जस्ती कार्यक्रम गरिरहेको छ, त्यसमा पार्टी को को सहभागी हुँदैछन् त्यो हेर्दैछौं, एकदुई दिनमै त्यसको बारेमा केही निर्णय लिन्छौं ।’उपेन्द्र यादव पक्षका सिरहा जिल्ला अध्यक्ष अशोक यादवले शुक्रबार जिल्लामा भइरहेको कार्यक्रम आधिकारिक नभएको बताए ।

    महोत्तरीमा सुरु भएको विस्तारित बैठकका लागि जसपाका अध्यक्ष महन्थ ठाकुर, कार्यकारिणी समितिका सदस्यहरु शरतसिंह भण्डारी, निर्जला राउतलाई प्रमुख वक्ताको रुपमा पठाइएको छ । तर उपेन्द्र यादव पक्षले जिल्लामा हुने भनिएको कुनै पनि विस्तारित बैठक पार्टीका तर्फबाट नभएको प्रस्ट पारेको छ ।बारामा चलिरहेको विस्तारित बैठकमा महन्थ ठाकुर पक्षका जसपा कार्यकारिणी सदस्यहरु लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल, केन्द्रीय सदस्य बाबुलाल साह, रमेश पटेल प्रमुख वक्ताका रुपमा छन् । उपेन्द्र यादव पक्षका जसपा केन्द्रीय सदस्य प्रमोद गुप्ताले आधिकारिकता नै नरहेको पार्टीबाट गर्ने कार्यक्रमको कुनै औचित्य नरहेको प्रतिक्रिया दिए ।जसपा बारा जिल्ला अध्यक्ष अजय पटेलले महन्थ पक्षबाट गरेको कार्यक्रमको कुनै औचित्य नरहेको प्रतिकृया दिए । उनले भने, ‘उनीहरुसँग पार्टीको आधिकारिता नै छैन भने के आधारमा कार्यक्रम गरेका छन् भन्ने कुरा सबैले बुझेका छन् ।’

    पार्टीको धनुषा जिल्ला समितिले पनि विज्ञप्ति जारी गरी पार्टीका तर्फबाट जिल्लामा कुनै कार्यक्रम नरहेको प्रस्ट पारेको छ । महन्थ पक्षले धनुषामा शनिबार कार्यक्रम आयोजना गर्दैछ । उपेन्द्र यादव पक्षका जिल्ला अध्यक्ष पशुपति यादवले विज्ञप्ति जारी गर्दै पार्टीका तर्फबाट कुनै कार्यक्रम नगरिएकाले भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरेका छन् ।महन्थ पक्षले धनुषामा हुने कार्यक्रमका लागि प्रमुख वक्तामा महन्थ ठाकुर र शरतसिंह भण्डारी रहने जनाएको छ ।उपेन्द्र यादव पक्षका जसपा धनुषा जिल्ला इन्चार्ज एवं प्रदेश २ का प्रदेशसभा सदस्य रामअषिश यादवले महन्थ ठाकुरहरुले गर्न लागेको कार्यक्रम कुनै आधिकारिक नरहेको प्रतिकृया दिए । उनले भने, जसपाको विस्तारित बैठक भनेर प्रचार भइरहेको छ, पार्टीले कुनै कार्यक्रम राखेको छैन, यदि त्यो कार्यक्रममा पार्टीका कोही सहभागी भए कारवाही गरिनेछ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा
  • मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने
  • सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना
  • समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    पर्साको जमुनिया खोलाबाट अवैध गिट्टी–बालुवा उत्खनन्, दुई ट्याक्टर नियन्त्रणमा

    तेस्रो मुलुकतर्फ नेपाली छुर्पीको निर्यात उत्साहजनक, ८८ करोड बराबरको निकासी

    वीरगंजको खानेपानी समस्या समाधान गर्न महत्वपूर्ण छलफल सम्पन्न, ६ आयोजना तुरुन्त सुरु हुने

    अमेरिकामा प्रहरीले रिपोर्टिङ गरिरहेकी पत्रकारलाई सार्वजनिक स्थानमा गोली हाने, भिडियो सार्वजनिक

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    News

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    News

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    News

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    News

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑