• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सबै खालका क्यान्सरको औषधि उत्पादन नेपालमै, ३० देखि ५० प्रतिशत सस्तो हुने दावी

  • वीरगंज संजाल
  • १८ श्रावण २०७८, सोमबार ०९:०१
  • २११७

    वीरगन्ज । अब जुनसुकै क्यान्सर रोगका लागि नेपालमा औषधि उत्पादन शुरू भएको छ ।

    नेपालमै पहिलो पटक हरेक क्यान्सर रोगका औषधि नेपालमै उत्पादन शुरू भएको हो । नेपालमै क्यान्सर उत्पादन भएपछि ३० देखि ५० प्रतिशत छुटमा नेपाली बिरामीले औषधि लिनसक्ने दाबी गरिएको छ ।

    नेपालमा क्यान्सरको औषधि उत्पादन शुरू हुनु नेपालकै लागि गौरवको विषय भएको सम्बन्धित विज्ञले बताएका छन् ।

    वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विष्णु पौडेलले नेपालमै क्यान्सर रोगको औषधि उत्पादन हुनु ठूलो विषय रहेको बताए । उनले नेपालमै औषधि उत्पादन हुँदा बिरामीले सस्तो औषधि पाउन सक्ने भएकाले यसले नेपालीलाई फाइदा गर्ने बताए ।

    वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठले नेपालीका लागि क्यान्सरको औषधि नेपालमै उत्पादन हुँदा धेरै सहज हुने बताए । उनले अब क्यान्सरका हरेक औषधि सस्तोमा उपलब्ध हुने जानकारी दिए ।

    औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले पनि नेपालमा क्यान्सर रोगविरुद्धको औषधि उत्पादन नेपालमा नै शुरू भएको बताए । यसले नेपालमा क्यान्सर रोगीका लागि धेरै फाइदा हुने बताए ।

    ‘एन्टी क्यान्सर’ औषधि टिजिग फर्माले उत्पादन शुरू गरेको हो । फर्माका कार्यकारी निर्देशक शैलेश वैद्यले फर्मामा क्यान्सरसम्बन्धी मात्रै औषधि उत्पादन हुने जानकारी दिए ।

    उनले क्यान्सरविरुद्ध औषधि उत्पादन गर्ने आफ्नो कम्पनी नेपालकै पहिलो भएको बताउँदै औषधि व्यवस्था विभागसँग स्वीकृति लिएर औषधि उत्पादन प्रक्रिया शुरू भइसकेको बताए ।

    उनले एक महिनाभित्र केही औषधि व्यावसायिक रूपमा बजारमा ल्याइने बताए । उनले विश्व स्वास्थ्य सङ्गठन र नेपालको प्रविधि हस्तान्तरणमा रहेको नियमअनुसार भारतको हैदरवादमा रहेको एन्टी क्यान्सर औषधि उत्पादन र बिक्री वितरण गर्दै आएको फर्मा कम्पनीसँग प्रविधि हस्तान्तरण सम्झौता गरी औषधि उत्पादन अघि बढाएको बताए ।

    काभ्रेको नालामा १६ रोपनी क्षेत्रफलमा उद्योग रहेको र हालसम्म ३२ करोड रुपियाँ लगानी भइसकेको बताए ।

    उनले औषधि व्यवस्था विभागबाट १५ वटा मोलिक्युलका लागि स्वीकृति पाइसकेको जानकारी दिँदै थप १० वटा मोलिक्युलका लागि स्वीकृति लिन लागिएको बताए । तीमध्ये पाँचवटा फर्माकोपेल, अरू ननफर्माकोपेल छन् । यीमध्ये केही औषधि उत्पादन अनुज्ञापत्र औषधि निर्यातका लागि भएको कार्यकारी निर्देशक वैद्यले जानकारी दिए ।

    अत्याधुनिक प्रविधिमा बनाइएको आफ्नो कम्पनी विश्व स्वास्थ्य सङ्गठनको असल उत्पादन अभ्यास (जीएमपी) मापदण्ड र औषधि उत्पादनसंहिता २०७३ अनुरूप बनाइएको वैद्यले बताए । उनले यो नेपालकै नमुना कम्पनी भएकोसमेत दाबी गरे।

    क्यान्सर रोगको औषधिले गर्दा हुने टक्सिसिटीका कारण यो औषधि उत्पादन गर्ने ठाउँमा अन्य औषधि उत्पादन गर्न नमिल्ने उनको भनाइ छ । उनले नवीनतम र अत्याधुनिक प्रविधि जडान भएको बताए । गोरखापत्र दैनिकमा सरोज ढुंगेलले खबर लेखेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑