भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार भन्छन्– मिडिया चुप लाग्ने हो भने आतंकवाद समाप्त हुन्छ
वीरगंज संजाल
२८ आश्विन २०७६, मंगलवार १०:३२
१८८९
भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले मिडियाले हमलाको बारेमा बोल्न छोडिदिए आतंकवाद समाप्त हुने बताएका छन् । बेलायतकी पूर्व प्रधानमन्त्री मार्गरेट थ्याचरलाई उद्धृत गर्दै उनले सो कुरा बताएका हुन् ।
द हिन्दु पत्रिकाले आज जनाए अनुसार डोभलले राष्ट्रिय जाँच एजेन्सी (एनआइए)को एक सम्मेलनको उद्घाटन सत्रमा बोल्दै चरमपन्थीलाई पनि न्यायपालिकाले सामान्य अपराध जसरी हेर्नुपनि निकै ठूलो चुनौति भएको जनाएका थिए ।
यसै क्रममा उनले बेलायतका पूर्व प्रधानमन्त्री थ्याचरलाई उद्धृत गर्दै भनेका थिए, ‘‘यदि कसैले आतंकवादी कारवाही गर्छ र मिडिया यसबारेमा चुप रहन्छ भने आतंकवाद समाप्त भएर जान्छ ।’’