। लोकप्रिय म्यासेजिङ एप ह्वाट्सएपले लाखौं प्रयोगकर्ताको अकाउन्ट ब्लक गरेको छ । नियम उल्लंघन गरेको भन्दै पछिल्लो एक महिनामा ह्वाट्सएपले २० लाख प्रयोगकर्ताको अकाउन्ट ब्लक गरेको हो ।
अटोमेटेड वा बल्क म्यासेजको अनधिकृत प्रयोग गर्ने अकाउन्टमाथि गत वर्षदेखि ह्वाट्सएपले कारबाही गर्दै आएको छ । ह्वाट्सएपमार्फत् स्प्याम, भाइरल अफवाह, फोटो लगायतका सामग्री आदानप्रदान भए एआई प्रविधिको प्रयोगमार्फत कम्पनीले त्यसमा संलग्न अकाउन्ट ब्लक गर्दै आएको छ ।
पछिल्लो समय ब्लक भएका अधिकांश अकाउन्ट भारतका छन् । भारतमा मात्रै ह्वाट्सएपका ४० करोड प्रयोगकर्ता छन् । अन्य प्रयोगकर्ता वा ग्रुपलाई स्प्याम म्यासेज फरवार्ड गर्ने, भ्रामक म्यासेज वा फोटो पठाउने अकाउन्टलाई ह्वाट्सएपले ब्लक गरेको हो ।कम्पनीले गत २०२० को अप्रिलदेखि भ्रामक म्याजेजहरुलाई रोक्न म्यासेजमा लिमिट लगाउने घोषणा गरेको थियो ।