• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बङ्गलादेशबाट आइपुग्यो सबै मल

  • वीरगंज संजाल
  • २९ असार २०७८, मंगलवार ०९:४७
  • ३०४५

    वीरगन्ज । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बङ्गलादेशसँग गरेको जीटुजी (सरकार–सरकार) सम्झौताअनुसार सम्पूर्ण मल नेपाल आइपुगेको छ ।कृषि मन्त्रालयले ५० हजार मेट्रिक टन युरिया मल लिने भनी बङ्गलादेश सरकारसँग जीटुजी सम्झौता गरेको थियो ।सोही सम्झौताबमोजिम तीन लटमा सबै मल नेपाल ल्याइसकेको कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलले जानकारी दिए ।

    उनले भने, “अरू ठाउँभन्दा त्यहाँ सस्तोमा मल पाएका कारण थप दुई हजार मेट्रिक टन युरिया मलसमेत गरी ५२ हजार मेट्रिक टन मल नेपाल आइसकेको र बिक्री वितरणसमेत सुरु भइसकेको छ । ”सम्झौताकै क्रममा ५ प्रतिशत तलमाथि (माइनस–प्लस) हुनेगरी सम्झौता भएको हुन्छ । आवश्यकता अनुसार ५ प्रतिशत मल कम हुनसक्छ वा बढी हुनसक्छ । नेपाल सरकारलाई सस्तो लागेर दुई हजार मेट्रिक टन मल ल्याइएको हो ।

    २०७७ को धान सिजनमा युरिया मलको हाहाकार भएपछि तत्कालीन कृषिमन्त्री घनश्याम भुसालले बङ्गलादेशबाट पैँचोमा मल ल्याउने भनी कुराकानी अगाडि बढाएका थिए ।कुरा सकारात्मक रूपमा अगाडि बढेपछि भदौको दोस्रो साता प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले त्यहाँका प्रधानमन्त्री शेख हसिनासँग फोनमा संवाद गरी पैँचोमा मल ल्याउने सुनिश्चित गरेका थिए ।

    बङ्गलादेश मल दिन तयार भएपछि २०७७ असोजमा मन्त्रिपरिषद्को बैठकले औपचारिक निर्णय गरी मल ल्याउने प्रक्रिया सुरु गर्न कृषि मन्त्रालयलाई सैद्धान्तिक अधिकार दिएको थियो ।कृषि मन्त्रालयले प्रक्रिया सुरु गरेको एक महिनामा नै बङ्गलादेशले पैँचो मल दिन नसकिने बरु खरिद गर्नसके मात्र सहयोग गर्ने भनेर कृषि मन्त्रालयलाई पत्र पठाएको थियो । त्यसपछि कृषि मन्त्रालयले खरिद गरेर नै मल ल्याउने भनि बङ्गलादेशसँग संवाद सुरु ग¥यो । पत्रको आदानप्रदान भयो ।

    विभिन्न चरणमा भौतिक तथा भर्चुअल बैठक पनि भयो । बल्ल बङ्गलादेशले मल दिन तयार भए पनि कृषि मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लग्यो । मन्त्रिपरिषद्ले जीटुजीमार्फत बङ्गलादेशसँग मल खरिद गर्न सैद्धान्तिक अधिकार दियो । सो अधिकारबमोजिम कृषि मन्त्रालयले प्रक्रिया सुरु ग¥यो ।२०७७ पुस २ गते मात्र युरिया मल ल्याउने भनी नेपाल र बङ्गलादेशबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । सम्झौतापछि मल ल्याउन प्रक्रिया सुरु भएको सात महिनापछि मात्र सम्पूर्ण मल नेपाल आइपुगेको हो ।

    कृषि सामग्री कम्पनी लिमिटेडका कार्यकारी निर्देशक नेत्र भण्डारीले बङ्गलादेशले यसरी पहिलो पटक अरू देशलाई मल बिक्री गरेका कारण प्रक्रिया बुझ्दै गरेकाले थोरै ढिलो भएको बताए ।
    कोरोना महामारीका कारण पनि मल आउनमा थोरै ढिलाइ भएको हो तर यसलाई खासै ढिलो भन्न नसकिने उनले बताए तर बङ्गलादेशबाट मल खरिद गर्दा नेपाललाई थुप्रै फाइदा भएको उनले बताए ।

    उनले भने, “मलको अन्तर्राष्ट्रिय मूल्य दिनदिनै वृद्धि भइरहेको छ तर बङ्गलादेशले हामीलाई पुरानै मूल्यमा सबै मल उपलब्ध गराएको छ । सुरुमा हामीलाई शङ्का लागेको थियो कि मूल्य वृद्धि भएपछि केही आनाकानी हुन्छ कि तर त्यस्तो केही भएन । सामान्य ढुवानीमा तथा कानुनी प्रक्रियामा केही ढिला भयो, अरू सबै काम समयमा पूरा गरी मल ल्याउन सफल भयौँ । ”उनले आवश्यक प¥यो भने त्यो देशले थप मल दिनसक्छ, त्यसका लागि सरकारले पहल गर्नुपर्ने बताए । गोरखापत्र दैनिकमा खबर छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑