• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    संसारको पहिलो र दोस्रो बुद्धको जन्मस्थल चिनाउँदै लुम्बिनी प्रदेश सरकार

  • वीरगंज संजाल
  • २७ असार २०७८, आईतवार ०८:१४
  • २९५३

    वीरगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले कपिलवस्तुमा पहिलो र दोस्रो बुद्धको प्रतिमा अनवरण गर्नुभएको छ । दुबै बुद्धका जन्मस्थलमा पार्क निर्माण गरी बुद्धको प्रतिमा निर्माण गरिएको थियो । शनिबार विहान ८ बजे अनावरण गर्दै प्रतिमा अनावरण गर्दै मुख्यमन्त्री पोख्रेलले दुवै बुद्धका जन्मस्थल प्रमाणित भइसकेकाले यसको संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो । संसारको पहिलो र दोस्रो बुद्धको जन्मस्थल कपिलवस्तु घुम्न आउने पर्यटकको प्रतिमासहितको पार्कले ध्यान खिच्ने बताउनुभयो । मुख्यमन्त्री पोख्रेलले निर्माण गरिएको संरचनाको स्थानीय समुदाय, पालिका मिलेर संरक्षण र थप विकास गर्नुपर्ने समेत बताउनुभयो ।

    कपिलवस्तु नगरपालिका वडा नं. ५ गोटिहवामा संसारको पहिलो बुद्ध, क्रकुछन्द बुद्धको मूर्ति अनावरण गर्नु भएको थियो । अनावरण गरेको प्रतिमा नेपालको लागि क्रकुछन्द बुद्धको पहिलो प्रतिमा बनेको छ । क्रकुछन्द बुद्धको प्रतिमाको स्वरुप म्यान्मारबाट लिइएको मुख्यमन्त्री शंकर पोख्रेलले बताउनुभयो । यसैगरी, शनिबार नै संसारकै दोस्रो बुद्ध कनकमुनि बुद्धको प्रतिमा समेत अनावरण गरिएको छ । जन्मस्थल कपिलवस्तु नगरपालिका वडा नं. ११ अरौराकोटमा एक समारोहको आयोजना समेत गरिएको थियो ।

    पित्तल धातुबाट निर्माण गरिएको एउटा प्रतिमा बनाउदा १६ लाख ५० हजार खर्च भएको डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख ईश्वरी पौडेलले बताउनुभयो । गोटिहवाको पार्क २० लाख १७ हजार ८५६ र अरौराकोट पार्क ३० लाख ५ हजार ७९९ को लागतमा तयार गरिएको छ । लुम्बिनी प्रदेश सरकारको योजना अनुसार डिभिजन वन कार्यालयले उपभोक्ता समितिमार्फत् निर्माण गरिएको थियो ।

    बौद्ध सभ्यता हरेक कल्पमा ५ बुद्धले जन्म लिने विश्वास गरिन्छ । हालको समय भद्रकल्प रहेको र भद्रकल्पमा क्रकुछन्द पहिलो र कनकुमुनी दोस्रो, कश्यप तेस्रो र शाक्यमुनी सिद्धार्थ गौतम बुद्ध चौथो मानिँदै आएको छ । पाँचौ बुद्धको रुपमा मैत्रेय बुद्धले जन्म लिने बौद्ध दर्शनमा उल्लेख भएको छ । तीन बुद्धको जन्मस्थल नेपालमै रहेको छ । कश्यप बुद्धको जन्मस्थल हालसम्म बुद्ध साहित्यले प्रमाणित नभएको लुम्बिनी विकास कोष तिलौराकोट साइटका प्रमुख माधवप्रसाद आचार्यले बताउनुभयो ।

    बौद्ध साहित्यको आधारमा कक्रुच्छन्द बुद्धको जन्म कपिलवस्तु नगरपालिका वडा नं. ५ गोटिहवा र कनकमुनी बुद्धको कपिलवस्तु नगरपालिका ११ अरौराकोटमा जन्म भएको मानिँदै आएको छ । जन्मस्थलको पहिचानको लागि ईसा पूर्व तेस्रो शताव्दीमा मौर्य सम्राट अशोकले स्तम्भ गाड्नु भएको थियो । ती स्तम्भहरुलाई अशोक स्तम्भको रुपमा चिनिँदै आएका छन् । दुवै बुद्धलाई महायानी समुदायले मुख्य देउताको रुपमा मान्ने गरेका छन् । चीन, भुटान, भियतनाम, कोरिया, चीनको स्वाशित क्षेत्र तिब्बतलगायतको क्षेत्रमा महायानी समुदायको बाहुल्यता रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑