बारा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा निजगढ नगरपालिका–१३ डमरपुर बस्ने २२ वर्षीय राज कुमार स्याङतानलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
स्याङतानले विवाह गर्छु भन्दै विभिन्न प्रलोभनमा पारी ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेकाे छ ।