बिरगंज । कोही कोही मान्छेहरु उज्यालोमा टेलिभिजन हेर्दा त्यति मजा हुँदैन भनेर राती भए बत्ती निभाएर र दिउँसो भए झ्याल ढोका बन्द गरेर अँध्यारोमा टेलिभिजन हेर्ने गर्छन् । के तपाईं पनि त्यस्तै गर्नुहुन्छ ? त्यस्तै, के तपाईंको परिवारमा बच्चाहरु अँध्यारोमा नै टेलिभिजन हेर्छन् ?
अँध्यारो कोठामा बसी टेलिभिजन हेर्दा हाम्रो लागि चम्किलो प्रकाशको स्रोत टेलिभिजनको पर्दा मात्र हुन्छ । जब हामी टेलिभिजनबाट अन्य ठाउँमा आँखा पुर्याउँछौ, तब अँध्यारोको कारणले हाम्रो आँखाभित्रको आइरिस मांशपेशीले आँखाको नानीलाई ठूलो पारेको हुन्छ । यदि पुनः हामी अँध्यारोबाट टेलिभिजनको पर्दामा आँखा पुर्याउँछौं भने त्यतिखेर हाम्रो आँखाभित्रको आइरिस मांशपेशीले त्यतिछिटो आँखाको नानीलाई सानो पारिसकेको हुँदैन ।
यसबाट आँखामा बढी बल पुग्न जान्छ र यस्तो घटना वारम्बार हुँदै जाँदा आँखामा आघात पुग्न गई आँखा बिग्रन पुग्छ । त्यसैले अँध्यारोमा बसी टेलिभिजन हेर्नु आँखाको लागि घातक हुने गर्छ ।
Title Photo: https://cdn.hswstatic.com