उत्तर प्रदेशमा ग्यास विस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु
वीरगंज संजाल
२७ आश्विन २०७६, सोमबार ११:२२
२६०३
नयाँ दिल्ली । भारतको उत्तर प्रदेशको वलीदपुर गाउँमा ग्यास सिलिण्डर पड्किँदा दुईवटा घर ध्वस्त हुनुका साथै १० जना मानिसको मृत्यु भएको छ । विस्फोटमा १२ जना घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको जनाइएको छ । यो घटना भएको बेलामा सो स्थानमा करिब दुई दर्जन मानिस थिए । राहत र उद्धारको कार्य अहिले युद्धस्तरमा भइरहेको जनाइएको छ ।
सो घटना बिहान साढे ७ बजेको हो । सिलिण्डर पड्किएपछि घरमा आगो लागेको थियो । त्यो देखेर वरपरका मानिस घरभित्र छिरेका थिए । सोही क्रममा घर भत्किएको जनाइएको छ । घरबाट मानिसहरुलाई बाहिर निकाल्ने क्रम जारी रहेको बताइएको छ । सो स्थानमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री योगी आदित्यनाथले मातहतका अधिकारीहरुलाई उद्धार र राहतका लागि तत्काल जान निर्देशन दिएका छन् ।