वीरगन्जको मुख्य सडक २५ मिटर चौडा गर्नुपर्ने आवश्वकता छैन-पुर्व अध्यक्ष प्रदिप केडिया
वीरगंज संजाल
३ भाद्र २०७६, मंगलवार १६:३९
६५५१
वीरगन्ज ३ भदौ । सरकारले सवै ऐन कानुनहरु एकैचोटी कार्यन्वन गर्न खोजेकोले उद्योगी व्यपारीहरुलाई समस्या भएको वीरगंज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष प्रदिप केडियाले बताएका छन ।
वीरगन्जका एक एफ.एमको कार्यक्रममा कुराकानी गर्दै पुर्व अध्यक्ष केडियाले सरकारले ल्याएको नियम कानुनले व्यपार व्यवसाय र उद्योग संचाल्न गर्न धेरै नै गाह्रो भएको बताए ।
वीरगंज उद्योग वाणिज्य संघका वर्तमान नेतृत्वप्रति जिम्मेवारी थपिएको भन्दै यसका लागि सवै पदाधिकारी, पुर्व अध्यक्ष र उद्योगि व्यपारिहरु एकजुट भएर अघि बढनु पर्ने बताए ।
उहाँले सिमित उद्योगि व्यपारिको कर छलीले सम्पुर्ण उद्योगी व्यवपारिहरु बदनाम भएको बताए । केडियाले वीरगंज उद्योग वाणिज्य संघ समाजिक काममा पनि महत्वपुर्ण भुमिका रहेको बताउदै भुकम्प, आगलागि ,बाढी पहिरो लगायत बिपतमा सहयोग गरेको बताए । सवैको काम गर्ने आ आफनो तरिका भएकोले वीरगंज उद्योग वाणिज्य संघ कसैको सलामी र गुलामीमा नलागेको बताएका छन ।
वीरगंज उद्योग वाणिज्य संघ बिशुद्ध उद्योगि व्यपारीको हक हितमा काम गर्ने संस्था भएकोले उद्योगी व्यवपारिको पुजी सुरक्षितको लागि नेपाल सरकारले सहयोग गरिदिन अनुरोध गरे । उहाँले प्रदेश २ को राजधानी जनकपुर भएकोमा दुख व्यक्त गर्दै संघ र प्रदेश दुवैले वीरगंजलाई बिभेदमा पार्ने गरेको आरोप लगाएका छन ।
पुर्व अध्यक्ष केडियाले बजार बचाउने गरि वीरगंजको मुख्य सडक भत्काउन आग्रह समेत गरे । उहाँले वीरगंजमा वाईपास सडक पर्याप्त मात्रामा रहेकोले मुख्य सडक २५ मिटर चौडा गर्नुपर्ने आवश्वकता नरहेको बताए । उहाँले सरकारले गम्भिर रुपले बिचार गरेर मात्र वीरगंजको सडक भत्काउन आग्रह समेत गरे ।