बारा । बाराको महागढीमाई नगरपालिकाले पांचौ नगर सभाको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सभा बाट आ ब ०७८/०७९ मा रु ५६ करोड ७३ लाख ८ हजारको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महागढीमाई नगरपालिकाको प्राङ्गणमा आयोजित पांचौ नगर सभालाई नेपाली कांग्रेसको केन्द्रिय सद्स्य राधेचन्द्र यादवले पानसमा दिपप्रजोलित गरि उदघाटन गर्नु भयो । पांचौ नगर सभामा प्रमुख अतिथि समेत रहनु भएको यादवले नगरको बिकासमा नगरपालिकाले ल्याएको बजेट सराहनीय रहेको बताउनु भयो । महागढीमाई नगर प्रमुख उपेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको पांचौ नगर सभा बाट आ ब ०७८/०७९ को लागि ५६ करोड ७३ लाख ८ हजारको अनुमानित बजेट प्रस्तुत गरिएको थियो ।
आ ब ०७८/०७९ को लागि नेपाल सरकार बाट बितिय समानिकरण अनुदान रु १५ करोड ९५ लाख , राजश्व भांडफाड रु ९ करोड ५४ लाख ४८ हजार , सशर्त अनुदान रु २३ करोड ८९ लाख , समपुरक अनुदान १ करोड ६६ लाख ४८ हजारको सिलिङ्ग नगर प्रमुख यादवले प्रस्तुत गर्नु भएको थियो । त्यसतै प्रदेश सरकार बाट समानिकरण अनुदान १ करोड १० लाख ८७ हजार , राजश्व भांडफाड रु ४५ लाख ७३ हजार बिशेश अनुदान ३० लाख र समपुरक अनुदान रु २० लाख गरि २ करोड ६ लाख ६० हजारको सिलिङ्ग प्राप्त भएको छ ।
नगर प्रमुख यादवले अगामी बजेट कोभिड नियन्त्रण ,शिक्षा स्वास्थ , कृषि तथा पुर्वाधार निर्माणकार्यमाप्राथमिकता रहेको बताउनु भयो । पांचौ नगर सभामा राष्ट्रिय सभा सद्स्य रमेश यादव , नेपाली कांग्रेस बारा क्षेत्र२ को सभापति रामप्रवेश यादव , उप प्रमुख तारा देबि कानु , वडा अध्यक्ष लगायत विभिन्न संघ संस्थाको प्रतिनिधि तथा संचारक्रमिको सहभागिता रहेको थियो ।
त्यसैगरी देवताल गाउँपालिकाको छैठौं गाउँ सभा पिप्राढिमा समपन भएको छ । देवताल गाउँपालिका अध्यक्ष चन्दन सिहको सभापतित्वमा भएको छैठौं गाउँ सभा बाट आ ब ०७८/०७९ मा रु ३३ करोड ८० लाख ७५ हजारको निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । देवताल गाउँपालिकाले चालू तर्फ ६ करोड ९९ लाख ८५ हजार ,पुजिगततर्फ २६ करोड ८० लाख ९० हजार रकम बिनियोजित गरेको छ । आयोजित छैठो गाउँ सभामा प्रमुख प्रशासकिय अधिकृत सिकेन्द्र साह, वडा अध्यक्ष ,जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।