दरबारमार्ग आगलागी : सिलिण्डर विस्फोट हुन थाले, आगो नियन्त्रण बाहिर
वीरगंज संजाल
Oct 13, 2019, 10:21 pm
३२८२
शेयर
काठमाडौं | काठमाडौंको दरबारमार्गमा भीषण आगलागी भएको छ । भिक्ट्री लाउन्ज क्लबमा आइतबार साँझ ६ः३० बजेको समयमा आगलागी भएको हो ।क्लबमा रहेका ग्यासका सिलिण्डरमा आगो सल्किएपछि विस्फोट हुँदा आगो नियन्त्रण बाहिर गएको छ ।
विद्युत सर्ट भएर आगालगी भएको हुनसक्ने प्रहरीले जानकारी दिएको छ । प्रहरी, दमकल र स्थानीयका सहयोगमा आगो नियन्त्रणको प्रयास जारी रहेको छ ।आगलागीबाट भएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ ।