काठमाडौं | उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री राजेन्द्र महतोलाई ‘सिंहदरबार प्रवेश निषेध’ गरिएको भन्दै सिंहदरबार दक्षिण गेटमा पर्चा टाँसिएको छ।उपप्रधानमन्त्री महतोको नागरिकतामाथि प्रश्न उठाउँदै नयाँ पार्टी, नेपाल नामको एउटा समूहले सोमबार सिंहदरबार दक्षिण गेटमा पर्चा टाँसेको हो।
‘नयाँ पार्टी, नेपाल’को प्रवक्ता बताउने युवराज सफलले आफ्नो पार्टीले मन्त्री महतोलाई नागरिकताबारे स्पष्ट पार्न समयसीमा दिएको र स्पष्ट नपारेपछि उनलाई सिंहदरबार प्रवेश निषेधको पर्चा टाँसेको बताए।
दुई जना व्यक्ति पुगेर उक्त सूचना टाँसेका थिए। मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको गेटमै बहालवाला मन्त्रीलक्ष्यित यस्तो अराजकता प्रदर्शन हुँदा पनि सुरक्षाकर्मीले रोक्न सकेनन्।