वीरगन्ज । गर्मी मौसममा बढी ‘फूड पोइजन’ हुन्छ। गर्मी मौसममा खाना चाँडो बिग्रिन्छ। जुनसुकै खानेकुरा खाँदा पनि फुड पोइजन हुन सक्छ। पकाएकै खानेकुराले पनि फुड पोइजन हुन्छ। पकाएका खानाभन्दा नपकाएको खाना खाँदा फुड पोइजन हुने सम्भावना बढी हुन्छ। फुड पोइजन जो कोहीलाई कुनैपनि समय हुनसक्छ । यस्तो या त्यस्तो व्यक्तिलाई हुने वा नहुने भन्ने छैन । त्यो बेला झटपट थाहा पाउँनुपर्ने कुरा के छ भने औषधी आफ्नै घरमा छ । यदी फूड पोइजन भएमा यस्ता छन् घरेलु उपायहरु
-अदुवा चियामा थोरै मह मिसाएर दिनमा कम्तीमा तीनपटक पिउँदा फूड पोइजनिङबाट आराम मिल्छ। अदुवाचियामा पाइने एन्टिमाइक्रोबायल तत्वले ब्याक्टेरियासँग लड्न र छिटो निको हुन मद्दत पुर्याउँछ। काँचो अदुवा कुटेर या यसको चूर्ण बनाएर पनि सेवन गर्न सकिन्छ।
-फुड पोइजनिङ भएमा नरिवलको पानी औषधिको काम गर्दछ। यसले शरीरमा इलेक्ट्रोलाइट तत्व पुर्याउँछ। झाडापखाला र बान्ता हुँदा शरीरमा फ्लुइड र इलेक्ट्रोलाइट कम हुन्छ। यसमा पाइने लौरिक एसिडले खानाजन्य हानिकारक जीवाणुलाई मार्न मद्दत गर्छ।
-तुलसीको पातलाई उमालेर थोरै मह मिसाएर पिउँदा पेटमा राहत मिल्छ। तुलसीमा पाइने एन्टिमाइक्रोबायल तत्वले ब्याक्टेरिया संक्रमण रोक्ने काम गर्दछ।
-फूड प्वाइजनबाट छुटकारा पाउन एक टुक्रा लसुन पानीमा राखेर पिउँदा ब्याक्टेरियल संक्रमणबाट मुक्ति पाउन सकिन्छ। लसुनमा प्रशस्त मात्रामा एन्टिमाइक्रोबायल तत्व पाइन्छन्।
– एक चम्चा जीरा पिसेर खानामा प्रयोग गरेमा फूड प्वाइजनबाट छुटकारा पाउन सकिन्छ। यसको साथै आन्द्रा सुन्निएको पनि ठिक हुन्छ।
-फूड प्वाइजनमा केराको सेवन एकदमै लाभदायक मानिन्छ। झाडापखला र कब्जियतमा पनि केराको सेवनले फाइदा गर्छ। तर दुई ओटा भन्दा बढि केरा सेवन गर्दा डाइरिया बढ्न पनि सक्छ।
-फूड पोइजन हुदाँ स्याउको सेवन गर्दा धेरै राहत मिल्छ। फूड प्वाइजनिङको समयमा हुने छाति को दुखाइलाई पनि कम गर्छ।
-फूड पोइजनहुदाँ पानीको सेवन बढि मात्रामा गर्दा फाइदा हुन्छ। यसले शरिरमा भएको बिषाक्त तत्व बाहिर निकाल्न मात्र होइन शरिरमा हुने असर पनि कम गर्न सहयोग गर्छ।