इन्डोनेसियामा प्रदर्शन, संसदीय भवन नै जलाइयो (भिडियो)
वीरगंज संजाल
Aug 19, 2019, 5:16 pm
२७८०
शेयर
जाकर्ता : इन्डोनेसियाको पश्चिमी क्षेत्र पपुवास्थित हजारौं प्रदर्शनकारीले संसदीय भवन नै जलाएका छन्। आदिवासी पपुवान विद्यार्थीहरूमाथि प्रहरीले दमन गरेको भन्दै आक्रोशित बनेका प्रदर्शनकारीले सार्वजनिक भौतिक पूर्वाधारमा आगो लगाउनुका साथै सडक समेत भत्काइदिएका छन्।
पश्चिम पपुवा प्रान्तको राजधानी मनोक्वारीस्थित प्रदर्शनकारीले सरकारी भवन नै जलाएको अलजजिराले जनाएको छ। घटनामा घाइते कति भए र समग्र क्षति कति भयो भन्नेबारे यकिन भई नसकेको प्रहरीको भनाइ छ।
आदिवासी विद्यार्थीलाई राष्ट्रिय झण्डा जलाएको आरोपमा प्रहरीले पक्राउ गरेपछि उनीहरूलाई रिहाइको माग गर्दै आन्दोलन भइरहेको हो।