वीरगन्ज । भारतको उत्तर प्रदेशअन्तर्गत कानपुरस्थ्ति थाना सचन्डीमा मंगलबार भयंकर दुर्घटना भएको छ। आपसमा बस, लोडर र टेम्पो ठोक्किँदा १७ जनाको मृत्यु भएको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ।
मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन्।