वीरगन्ज । चीनमाचीनमा बनेको भ्याक्सिनलाई साउदी अरब मान्यता दिएको छैन । यसै कारण व्यापार रोजगारीका लागि साउदी अरब जान खोज्ने पाकिस्तानी नागरिकले समस्यामा परेका छन् । सा
उदीले चीन निर्मित कोभिड भ्याक्सिन लगाएकाको प्रमाणपत्रलाई मान्यता नदिएपछि उक्त समस्या उत्पन्न भएको हो । गृहमन्त्री शेख रशीद अहमदका अनुसार यो समस्या सल्ट्याउन प्रधानमन्त्री इमरान खानले नै मध्यपूर्वका देशसँग कुरा गरिरहेका छन् ।
विश्व स्वास्थ्य संगठनले हालै चीननिर्मित दुई भ्याक्सिन सिनोफार्म र सिनोभ्याकलाई मान्यता दिइसकेको छ । साउदी अरबले भने फाइजर, एस्ट्राजेनेका, मोर्डना र जोनसन एण्ड जोनसनका कोभिड भ्याक्सिनलाई मात्रै मञ्जुरी दिएको छ।