वीरगन्ज ।फेसबुकले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक तथा इन्स्टाग्राम एकाउन्ट दुई वर्षका लागि निलम्बित गर्ने निर्णय गरेको छ ।
गएको जनवरीमा ट्रम्पमाथि फेसबुक र इन्स्टाग्राममा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको थियो । जनवरी ६ मा संसद भवनमा भएको हिंसात्मक आक्रमणका लागि उक्साएको अभियोगमा उनीमाथि प्रतिबन्ध लागेको थियो ।
गएको महिना फेसबुकको ओभरसाइट बोर्डले अनिश्चितकालीन कारवाहीको विरोध गरेको थियो ।फेसबुकले गरेको निर्णय गएको वर्ष भएको चुनावमा मतदान गर्ने आफ्ना दशौँलाख मतदाताको अपमान रहेको बताएका छन् ।ट्रम्पमाथि लागेको दुई वर्षको प्रतिबन्ध गएको जनवरी ७ देखि नै गणना हुने गरि लागु भएको फेसबुकले जनाएको छ ।