वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) मा दुई पक्षबीच कारवाहीको होड चलेको छ ।
आजै अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरसहित ४ नेतालाई लाई कारबाही गरेका थिए । त्यसको केही घण्टा नबित्दै ठाकुर पक्षले पनि उपेन्द्र यावललाई पनि साधारण सदस्यनै नरहने गरि कारवाही गरेको छ ।
दुवै पक्षले अर्को पक्ष पार्टीको हित विपरित लागेको आरोप लगाएको छ । ठाकुर पक्ष मधेशका मुद्दाहरुमा सहमती गरेर ओली नेतृत्वको सरकारमा सामेल हुने पक्षमा रहेका छन् । भने उपेन्द्र पक्ष सरकारमा सामेल हुन नहुने साथै प्रधानमन्त्रीमा ओलीको विकल्प खोज्नुपर्नेमा अडानमा रहेका छन् ।