वीरगन्ज । सरकारले घरायसी विद्युतीय सामग्रीको मूल्य घटाउने भएको छ ।
आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले विद्युत्बाट चल्ने घरायसी सामग्रीको भन्सार मूल्य घटाउने घोषणा गरेका हुन् ।
यससँगै रेफ्रिजेरेटर, वासिङ मशिन, टेलिभिजन आदि जस्ता उपकरणको मूल्य घट्ने देखिएको हो ।