वीरगन्ज । सरकारले अब सवारी चालकलाई विद्युतीय लाइसेन्स उपलब्ध गराउने भएको छ ।
आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो बताएका हुन् ।
मन्त्री पौडेलले सवारी साधन ट्र्याकिङ गर्न जीपीएस प्रणाली तथा रेडियो फ्रिक्वेन्सी प्रणाली जडान गरिने समेत बताए ।