• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अधिकांश हत्याका घटनामा रिसइबी साँध्ने उद्देश्य, जघन्य अपराधमा युवापुस्ताको संलग्नता बढ्दो

  • वीरगंज संजाल
  • १५ जेष्ठ २०७८, शनिबार ११:०५
  • ४१२१

    वीरगन्ज । गत जेठ ५ गते बिहानै मोरङको रंगेली नगरपालिकामा हत्या गरी फालिएको अवस्थामा एक महिलाको शव फेला पर्‍यो । प्रहरी तत्काल घटनास्थलमा पुगेर अनुसन्धानमा जुट्यो । उक्त शव रंगेली नगरपालिका–३ की २४ वर्षीय अनिता यादवको रहेको पाइयो । शवको पहिचान खुलेसँगै हत्याको कारण र हत्याराको पहिचानमा प्रहरी अनुसन्धान केन्द्रित हुन थाल्यो ।

    प्रहरीले अनिताका श्रीमान,सासुससुरा र देवरलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढायो । अन्ततः घटना भएको पाँच घण्टाभित्र प्रहरीले हत्यारा पहिचान गर्न सफलता पायो ।

    अनिताको हत्या उनकै १९ वर्षीय देवर विनोद यादवबाट भएको खुल्यो । सामान्य घरायसी झगडालाई लिएर रिसइबी साँध्न विनोदले भाउजुको हत्या गरेको प्रहरीको निष्कर्ष थियो ।

    विराटनगर महानगरपालिका–१४ झडियारीमा बस्दै आएका ६९ वर्षीय सत्यराम भनिने सीताराम चौहानलाई उनकै दुई छोराले हत्या गरे । पैसा मागेको भनेर रक्सीले मातेको सुरमा फरुवाले हानेर बाबुको हत्या गरेपछि घरभित्रै खाल्डो खनेर शव गाडेका थिए ।

    सुनसरीको इटहरी उपमहानगरपालिका स्थायी घर भइ विराटनगर महानगर,मधुमारामा बस्दै आएका ३३ वर्षीय देवीप्रसाद दुलालको आफ्नै श्रीमती मीना श्रेष्ठले जेठ २ गते राति योजना बनाएर घरभित्रै हत्या गराइन् ।

    मिनाकै योजनामा सिराहाको लहान घर भइ विराटनगर बस्दै आएका २१ वर्षीय ब्रह्मदेव साह र सुनसरी इटहरीका २० वर्षीय सोनु साहले ओछयानमै देवीप्रसादको हत्या गरेका थिए ।

    सोलुखुम्बु महाकुलुङ गाउँपालिका–४ का १९ वर्षीय कुवेर राईलाई आफ्नै बाबुको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । घरायसी विषयमा भएको विवादलाई लिएर कुवेरले ५७ वर्षीय बाबु सन्तकुमार राईलाई आगो फुक्ने ढुङ्ग्रोले घाँटी र टाउकोमा हानेर हत्या गरेका थिए । घटनास्थलमै सन्तकुमारको मृत्यु भएको थियो ।

    तेह्रथुममा पनि आफ्नै छोराबाट एक दम्पतीले ज्यान गुमाउनु परेको छ । घरायसी विवादका कारण तेह्रथुमको फेदाप गाउँपालिकाको ईसिबु बस्ने २० वर्षीय कञ्चन लिम्बुले ४२ वर्षीय बाबु रुपहादुर र ३५ वर्षीया आमा रुपेनी लिम्बुलाई बञ्चरो प्रहार गरी हत्या गरेका थिए ।

    बुवा खेतमा काम गर्न गएको बेला घरभित्र रहेकी आमालाई कञ्चनले बञ्चरो प्रहार गरी हत्या गरेका थिए । आमाको हत्या गरी घरबाट बाहिर निस्कँदा अगाडि बुबालाई देखेपछि उनले फेरि त्यहीँ बञ्चरोले बुबालाई पनि काटेर हत्या गरी फरार भएका थिए । उनलाई केही समयभित्रै प्रहरीले पक्राउ गरेको थियो ।

    प्रस्तुत कर्तब्य ज्यानका सबै घटनाका अभियुक्तहरु मृतककै परिवारका सदस्य पाइएको छ ।

    हत्याका कतिपय घटनामा घरभित्रैको सदस्य संलग्न रहने गरेको पाइन्छ । केहीले प्रेम,केहीले तत्कालीन आवेग थेग्न नसक्दा त केहीले आर्थिक लेनदेनका कारण जघन्य अपराधको बाटो रोजेको देखिन्छ । यी सबै घटनामा संलग्न युवाको उमेर २८ वर्षभन्दा कम छ । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि भन्दै सरकारले निषेधाज्ञा जारी गरेको छ । तर पनि यस्ता अपराधका घटनामा कमी आउन सकेको छैन । निषेधाज्ञाका कारण मानिसहरु घरभित्रै सीमित रहने,कतिपयले रोजगारीका अवसर गुमाएका कारण पनि घरासयी सामान्य झगडाले उग्ररुप लिने गरेको र अपराधका घटना बढ्ने गरेको प्रहरीको भनाइ छ ।

    प्रदेश १ प्रहरी कार्यालय बिराटनगरका अनुसार कोरोनाको महामारी रोकथाम र नियन्त्रणका लागि भन्दै सरकारले जारी गरेको निषेधाज्ञाको समयमा प्रदेशमा पाँच पुरुष र चार महिला गरी कुल ९ जनाको हत्या भएको छ । ती सबै घटना श्रीमान्÷श्रीमती,दाजु÷भाइ,बाबु÷छोरी र देवर÷भाउजुबीच भएका छन् । ती हत्यामा सलंग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    ती घटनामध्ये आफ्नै श्रीमानबाट तीन महिलाको हत्या भएको छ । त्यसैगरी दाईले भाइको र भाइले दाइको गरी हत्याका दुई घटना भएका छन् । आफ्नै बुबाबाट छोरा र छोराबाट एक बुबाको गरी दुईवटा घटना भएको छ भने आफ्नै देवरले भाउजुको हत्या गरेको घटना पनि यसबीचमा प्रकाशमा आएको छ ।

    प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले निषेधाज्ञाको अवधिमा पनि व्यक्ति हत्याको घटनामा कमी नआएको बताए । ‘घर,परिवारभित्रका सदस्यमा सामान्य विषयमा हुने ठासठुसलाई लिएर  पछिसम्म रिसइबी साँध्ने कार्यले ब्यक्ति हत्याको घटना बढाइरहेको छ,’ श्रेष्ठले भने, ‘धेरै अपराधका घटनामा सोच्नै नसकिने अवस्थाका ब्यक्तिको संलग्नतामा बढोत्तरी भएका छन् ।’

    छोरीद्वारा आमाको हत्या,छोराबाट बुबाको हत्याजस्ता अस्वाभाविक र अकल्पनीय घटना पनि समाजमा बढिरहेको उनले बताए ।

    यस्ता घटनामा परिवारको सदस्यबाटै रिसको आवेगलाई थाम्न नसकेर र कतिपय घटना आर्थिक लेनदेनसँग जोडिएर हुने गरेको अनुसन्धानबाट पुष्टि भएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

    १० महिनामा आफन्तबाटै हत्याका ५३ घटना

    गत साउनदेखि वैशाखसम्म १० महिनाको अवधिमा आफन्तबाटै प्रदेशमा ५३ जनाको हत्या भएको छ । ती घटनामा संलग्न ५३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरीको अभिलेख अनुसार यो अवधिमा भएका हत्याका घटनामध्ये अधिकांश श्रीमान र श्रीमतीबीच भएको छ । अर्थात् २८ वटा हत्याका घटना पति–पत्नीबीच भएको छ ।

    त्यस्तै माइजु र भान्जाबीच एक,जेठाजु÷बुहारीबीच एक,बाबुछोराबीच ६ र बाबुछोरीबीच एक हत्याका घटना भएका छन् ।

    यो बीचका भएका हत्याका घटनामा चार जना शिशुलाई आमाले हत्या गरेको पाइएको छ भने एक नाबालकलाई ठुलीआमाले हत्या गरेकी छन् । यस्तै,दाजुबहिनी,आमाछोरा,आमाछोरी,ठुलोबुवा र भतिजबीच पनि हत्याका घटना भएका छन् ।

    अपराधमा युवा

    १ नम्बर प्रदेश प्रहरी कार्यालय,विराटनगरको तथ्याङ्क अनुसार पछिल्ला वर्ष अपराधमा युवाको संलग्नता डरलाग्दो देखिन्छ । आर्थिक वर्ष ०७६÷०७७ मा जघन्य प्रकृतिको अपराधमा युवा उमेर समूहको संलग्नता बढी छ । प्रहरीको अभिलेख अनुसार प्रदेशमा भएका ८ हजार ३१६ आपराधिक घटनामा १ हजार ६२३ जघन्य अपराधका घटना भएका छन् । तिनमा संलग्न १ हजार ४११ जना १६ देखि २५ वर्ष उमेर समूहका छन् ।

    त्यसैगरी आर्थिक वर्ष ०७५÷०७६ को अभिलेखअनुसार १ नम्बर प्रदेशका १४ जिल्लामा ७ हजार ६९१ वटा आपराधिक घटनामध्ये जघन्य अपराधका ९९८ वटा घटना भएका छन् । प्रहरीले जघन्य अपराधमा संलग्न १ हजार २४ जना पुरुष तथा ५७ जना महिला गरी १ हजार ८१ जनालाई पक्राउ गरेको थियो । तीमध्ये ३२६ जना १६ देखि २५ वर्ष उमेर समूहका छन् । त्यस्तै २६ देखि ३५ वर्षसम्मका ४८७ जना,३६ देखि ४५ वर्ष उमेरका १९० जना छन् भने ४६ देखि ६० वर्षका ७४ जना र ६० वर्षमाथिका १ जना छन् । यस्तै,१६ वर्ष मूनिका ३ जना रहेको देखिन्छ ।

    प्रदेश नम्बर १ मा कर्तव्य ज्यान,जबर्जस्ती करणी,ज्यान मार्ने उद्योग,हातहतियार खरखजाना तथा लागू औषधमा संलग्नमध्ये १६ देखि २५ वर्ष उमेर समूहका युवाको संख्या बढी छ ।

    किशोर–किशोरीलाई अभिभावकहरूले बेलैमा राम्रो निगरानीमा राख्न नसक्दा उनीहरू कुलतमा फसेर जघन्य अपराध गर्न पुग्ने प्रहरीको भनाइ छ ।

    आर्थिक वर्ष ०७६÷०७७ मा प्रदेशमा कर्तव्य ज्यानका १३८ मुद्दामध्ये १०४ जना १६ देखि २५ वर्ष उमेर समूहका युवाको संलग्नता पाइएको थियो । जबरजस्ती करणीमा पनि चालू आर्थिक वर्षमा १६० वटा मुद्दामध्ये ९२ वटा मुद्दामा युवा संलग्न छन् । यसैगरी ज्यान मार्ने उद्योगका ८४ वटा घटनामा ५५ जना युवा संलग्न पाइएको १ नम्बर प्रदेश प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

    यसैगरी हातहतियार खरखजाना र लागूऔषध ओसारपसारमा पनि १६ देखि २५ वर्ष उमेर समूहका युवाको संलग्नता बढी देखिएको छ ।

    प्रहरीले ११ अपराधलाई जघन्य अपराधको सूचीमा राखेको छ,जसमा खुन डाँका,कर्तव्य ज्यान,ज्यान मार्ने उद्योग,डाँका चोरी,लागूऔषध,अपहरण,हातहतियार तथा खरखजाना,मानव बेचबिखन तथा ओसारपसार,जबरजस्ती करणी र विष्फोटक पदार्थ छन् । डाँकाचोरी बाहेक सबै किसिमका अपराध बढेको तथ्यांकले देखाउँछ ।

    बेरोजगार व्यक्तिले आफू अनुकूल उपलब्धि प्राप्त नगरेपछि अपराधतर्फ उन्मुख हुने जानकारहरू बताउँछन् ।

    महेन्द्र मोरङ क्याम्पस समाज शास्त्रका उपप्राध्यापक चन्द्र उपाध्याय सामाजिक विचलनका कारण युवापुस्तामा आपराधिक मनोवृत्ति बढ्दै गएको बताउँछन् । उपाध्यायका अनुसार किशोर उमेरका युवामा अचानक स्वभाव परिवर्तन भइ रिसाउने,झोक्किने,इन्टरनेटमा बढी झुम्मिने र अश्लील चलचित्र हेर्ने बानीले गलत बाटो अबलम्बन गरिरहेका छन् ।यो समाचार रातोपाटी बाट साभार गरी को हो।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज बुधबारको राशिफल
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑