बिरगंज । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढिरहेको छ । सबैमा कोरोनाको त्रास नेपालीमा पनि बढ्दै गएको छ । यो समयमा धेरै व्यक्तिलाई मौसमी रूघाखोकीले पनि सताइरहेको छ । मौसमी रुघाखोकी र कोरोना संक्रमणबीचको फरक छुट्याउन मुस्किल परिरहेको छ ।
यसरी थाहा पाउनुहोस् मोसमी रुघाखोकी र कोरोनाको संक्रमण
-सामान्यतः सामान्य रुघाखोकी र कोरोनाका लक्षणमा धेरै अन्तर छैन तर कोरोना संक्रमण भएका मानिसलाई रुघाभन्दा बढी सुक्खा खोकी लाग्छ। १०२ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउँछ र सास फेर्न समस्या हुन्छ ।
कोरोना संक्रमणका लक्षण
– सुख्खा खोकी लाग्ने
– उच्च ज्वरो आउने
– एकदम थकाइ लाग्ने
– सास फेर्न गाह्रो हुने
– स्वाद वा र र गन्ध थाहा नहुने
– घाँटी खसखस गर्ने र बोलि परिवर्तन हुने
– निको हुन १० दिन लाग्न सक्ने
– खाना नरुच्ने
– अक्सिजन र आइसीयुको उपचार आवश्यक पर्न सक्ने
मौसमी रुघा खोकीका लक्षण :
– नाक बन्द हुने
– नाकबाट पानी आउने
– हाँच्छ्यु आउने
– शरीर दुख्ने
– हल्का ज्वरो आउने
– टाउको दुख्ने
– शरीर दुख्ने
– सामान्य उपचार तथा आरामले फाइदा गर्ने
– छोटो समयमा निको हुने
-आफूलाई कोरोनाकै संक्रमण भए जस्तो लाग्छ भने १११५ नम्बरमा फोन गर्नुहोस्। त्यहाँबाट सल्लाह पाइन्छ।